Logo
२२ बैशाख २०८१, शनिबार
(May 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रणवीर सिंहको नयाँ लुक्स चर्चामा

मुम्बई :  केही समय यता बलिउडमा बन्ने अधिकांश फिल्महरु खेलकुदमा आधारित हुन थालेका छन् । अब सन् १९८३ को विश्वकप क्रिकेटलाई लिएर पनि भारतमा फिल्म बन्ने भएको छ । यो फिल्मको नाम ८३ राखिएको छ । फिल्ममा बलिउड अभिनेता रणबीर सिंह क्रिकेटर कपिल देवको भूमिकामा देखिने भएका छन् ।

त्यसका लागि रणबीर अहिले क्रिकेट मैदानमा निकै मिहनेत गरिरहेका छन् । मंगलबार चाहिँ रणबीरले सामाजिक सन्जाल इन्स्टाग्राममा नयाँ फोटो राखेका छन् । त्यसमा उनी सन् ८० को दशकका भारतीयहरु जस्तै देखिनका लागि नयाँ लुक्समा सजिएका छन् । र, यो फोटो अहिले भारतमा निकै रुचाइएको छ ।

तस्वीरमा उनी लामो कपालमा देखिएका छन् । त्यसैले पनि उनको यो लुक्सलाई चर्चामा ल्याइएको छ । यो फिल्मको सुटिङ भने मेमा लन्डनमा हुँदै छ ।

प्रकाशित मिति: May 3, 2019

प्रतिक्रिया दिनुहोस्