Logo
८ जेष्ठ २०८१, मंगलबार
(May 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्मार्टफोन बिक्रीमा एप्पललाई पछार्दै हुवावे उक्लियो दोश्रो स्थानमा

सन फ्रान्सिस्को :  चिनियाँ कम्पनी हुवावेले स्मार्टफोन बजारमा कडा प्रतिष्पर्धा गर्दै पहिलो त्रैमासिकमा एप्पललाई पछि पार्दै दोस्रो स्थान हासिल गरेको छ । कोरियाली कम्पनी सामसङ अहिले पनि पहिलो नम्बरमै छ ।

इन्टरनेसनल डेटा कर्पोरोसन (आईडीसी) को सुरुआती आँकडाअनुसार, यो वर्षको पहिलो त्रैमासिकमा संसारभर ३१.०८ करोड स्मार्टफोन बिक्री भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.६० प्रतिशत कम हो । स्मार्टफोनको वैश्विक बिक्रीमा गिरावट आएको यो लगातार छैटौं त्रैमासिक हो ।

हुवावे मजबुत हुँदै गए पनि सन् २०१९ स्मार्टफोन बिक्रीका हिसाबले कमजोर हुने अनुमान आईडीसीको रहेको छ । उता, सामसङको बिक्री ८.१० प्रतिशत घटेर ७.१९ करोडमा ओर्लिएको छ । यति हुँदाहुँदै पनि सामसङ अहिले पनि स्मार्टफोन बिक्री गर्ने कम्पनीमा पहिलो नै रहेको छ ।

हुवावेको स्मार्टफोन बिक्री ५०.३० प्रतिशतको सानदार वृद्धिसँगै ५.९१ करोडमा उक्लिएको छ । यही वृद्धिसँग हुवावेले एप्पललाई पछाडि पारेको हो । उता, एप्पलको बिक्री ३०.२० प्रतिशत घटेर ३।६४ करोडमा सीमित हुन पुगेको छ । स्मार्टफोन बिक्रीमा आएको यो सुस्तताले उपभोक्ता पुरानो छाडेर नयाँ लिन निकै लामो समय सोच्न थालेको आईडीसीको भनाइ छ । (एएफपी)

प्रकाशित मिति: May 2, 2019

प्रतिक्रिया दिनुहोस्