Logo
९ जेष्ठ २०८१, बुधबार
(May 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेसबुक प्रयोगकर्तामा जीवितभन्दा मृतकको संख्या बढी हुने अनुमान

काठमाडौं :  एक अध्ययनले फेसबुकका कुल प्रयोगकर्तामध्ये जीवितभन्दा मृतकको संख्या बढी हुने देखाएको छ ।

बेलायती अनुसन्धानकर्ताले अहिलेकै दरमा प्रयोगकर्ता बढ्ने हो भने सन् २१०० सम्ममा फेसबुकमा ४ अर्ब ९० करोड मृत सदस्य पुग्ने जनाएका छन् । अध्ययनअनुसार आगामी २ वर्षपछि फेसबुक प्रयोग गरिसकेका मृतकको संख्या १ अर्ब ४० करोड हुनेछन् । यस तथ्यांकका आधारमा सन् २०७० सम्ममा जीवितभन्दा फेसबुकका मृत सदस्य बढी हुनेछन् ।

मृत मानिसले फेसबुक प्रयोग गर्दैनन् । तर, उनीहरूको तथ्यांक जीवितै हुने र मृत्यु हुनुअघि फेसबुकमा पोस्ट गरेका सेल्फी, जीवनशैलीका अपडेट र उनीहरूका विरोधाभासपूर्ण अभिव्यक्तिको भविष्य अर्को जटिल विषय बनेको अनुसन्धानकर्ताको भनाइ छ ।

प्रकाशित मिति: May 2, 2019

प्रतिक्रिया दिनुहोस्