Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं :  सङ्घीय संसद्को चौथो अधिवेशन सोमबारबाट सुरु हुँदैछ। मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो ४:०० बजे अधिवेशन आह्वान गरेकी हुन्।

अधिवेशन सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस, बजेट प्रस्तुत तथा संविधान कार्यान्वयनका कानुन निर्माणमा केन्द्रित हुनेछ। तेस्रो अधिवेशन अन्त्य भएको १ महिनापछि चौथो अधिवेशन आह्वान गरिएको हो।

चालु अधिवेशन सरकारका वार्षिक कार्यक्रम र कानुन निर्माणमा केन्द्रित हुने प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले जानकारी दिए। उनले भने ‘सोमबारबाट चौथो अधिवेशन सुरु हुँदैछ । चौथो अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम, प्रिबजेट छलफल तथा बजेट प्रस्तुत मुख्य कार्यसूची नै हुन्। यस्तै, विचाराधीन विधेयकलाई प्राथमिकताका आधारमा अगाडि बढाइनेछ। प्रश्नोत्तर, विभिन्न प्रस्तावमा छलफल पनि निरन्तर अगाडि बढाइनेछ।’

अधिवेशनमा सरकारको कार्यक्रम नै प्रमुख रहनेछ। नीति तथा कार्यक्रमका लागि वैशाख २० गतेको समय तय भइसकेको छ। यो पटक नीति तथा कार्यक्रमपछि प्रि बजेट छलफल हुनेछ। यसअघि प्रिबजेट छलफलपछि मात्र नीति कार्यक्रम पेस हुने गरेको थियो। यस्ता हुनेछन् मुख्य कार्यसूची चौथो अधिवेशनको पहिलो दिनका सम्भावित कार्यसूची दुबै सदनले तयार पारिसकेका छन् ।

बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाइनेछ। यस्तै दुबै सदनमा सभाध्यक्षको अनुपस्थितिमा बैठक सञ्चालका लागि ‘स्पिकर प्यानल’को चयन हुनेछ। हरेक अधिवेशनमा उक्त प्यानलमा रहनेका नाम घोषणा गरिन्छ।

यसैगरी बैठकमा राजनीतिक दलका नेताले सम्बोधन गर्ने प्रचलन छ। आइतबारसम्म राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने वा नगर्ने स्पष्ट भएको छैन। सोमबार दिउँसो १ ०० बजे कार्यव्यवस्था परामर्श समिति बैठक बोलाइएको छ। सो बैठकले उक्त समय निर्धारण गर्नेछ। यसअघिको अभ्यास अनुसार भने अधिवेशन सुरु हुँदा शीर्ष नेताहरूले सम्बोधन गर्ने प्रचलन छ।

बैठकमा शोक प्रस्ताव पारितको कार्यसूची पनि रहनेछ। अधिवेशन नभएको बेलामा मृत्यु भएका पूर्व सांसद्हरुको शोक प्रस्ताव सोमबार पेस हुनेछ। सोमबारको बैठकमा २०४८ मा गुल्मी ३ बाट निर्वाचित रुद्रमणि शर्मा, यस्तै, २०४८ र ०५६ मा रुपन्देही २ बाट निर्वाचित रामकृष्ण ताम्राकार, २०६४ को संविधानसभा सदस्य दिवाकर गोल्छाको निधनमा शोक प्रस्ताव पारित हुनेछ।

यस्तै, राष्ट्रियसभाका पूर्व सदस्य भिक्षु अश्वघोषको निधनमा शोक प्रस्ताव पारित हुनेछ। अश्वघोष २०५० मा राष्ट्रियसभा सदस्य थिए। कति छन् विधेयक संघीय संसदका दुबै सदनमा गरी २९ विधेयक विचाराधीन छन्। ती विधेयकहरू चौथो अधिवेशनमा पेस हुनेछन्। अन्य २६ विधेयक विभिन्न अवस्थामा विचाराधीन नै छन्।

प्रमाण ऐन संशोधन विधेयक, राष्ट्रिय मानवअधिकार आयोग ऐन संशोधन विधेयक, औद्योगिक व्यवसाय सम्बन्धी कानुनलाई एकीकृत गर्न बनेको विधेयक नयाँ दर्ता भएका हुन्। नागरिकता ऐन संशोधन विधेयक, सङ्घीय निजामती सेवा ऐन संशोधन विधेयक, प्रदेश प्रहरी विधेयक लगायत विधेयक समितिमा विचाराधीन छन्। समितिमा विचाराधीन रहेका विधेयक प्राथमिकताका आधारमा अगाडि बढाउने सरकारको तयारी छ।

प्रकाशित मिति: Apr 29, 2019

प्रतिक्रिया दिनुहोस्