Logo
८ जेष्ठ २०८१, मंगलबार
(April 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सूचना चुहाएको आरोपमा फेसबुकलाई ५ अर्ब डलर जरिवाना हुन सक्ने

एजेन्सी :  बेलाबेला विभिन्न आरोप खेप्दै आएको सामाजिक सञ्जाल फेसबुकमाथि फेरि अर्कोको आरोप लागेको छ । आफ्ना प्रयोगकर्ताहरुको व्यक्तिगत सूचना चोरेको आरोप खेप्दै आएको फेसबुकमाथि प्रयोगकर्ताको गोप्यतामाथि सम्झौता गरेको अर्को आरोप लागेको छ ।

मेरिकाको फेडरल ट्रेड कमिसन ९एफटीसी० मा फेसबुकविरुद्ध स्वास्थ्य सम्बन्धी तथ्यांक चुहाएको भन्दै उजुरी परेको छ । यो उजुरी अनुसार फेसबुकमाथि ५ बिलियन डलर अर्थात ५ अर्ब डलर जरिवाना हुन सक्ने बताइएको छ ।

यदि फेसबुकले यति ठूलो जरिवाना तिर्नु पर्ने अवस्था आयो भने यो उसको करिब एक महिनाको आम्दानी बराबरको क्षति हुनेछ । यसैलाई मध्यनजर गर्दै फेसबुकले डाटा प्राइबेसीसँग जोडिएका मुद्दा हेर्न कानूनी खर्चका लागि २ अर्ब भन्दा बढी बजेट छुट्याएको छ । यदि फेसबुकले यो मुद्दामा पराजय व्यहोरेमा फेसबुकका लागि यो अहिलेसम्मकै सबै भन्दा ठूलो जरिवाना हुनेछ । एफटीसीले यसअघि सन् २०१२ मा एक मामिलामा गुगलमाथि २ करोड २५ लाख डलरको जरिवाना तिराएको थियो ।

फेसबुकमाथि यस्ता आरोप लाग्दै गर्दा पनि शेयर कारोबारमा भने असर परेको छैन । गत बुधबारमात्रै फेसबुकको शेयर १० प्रतिशतले वृद्धि भएको थियो । स्वास्थ्यसम्बन्धी तथ्यांक चोरी भएको घटना गत जुलाईमा सार्वजनिक भएको थियो ।

प्रकाशित मिति: Apr 28, 2019

प्रतिक्रिया दिनुहोस्