Logo
५ जेष्ठ २०८१, शनिबार
(April 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुरमा डरलाग्दो हावाहुरी : लियो २ जनाको ज्यान, मौसमविद्को यस्तो चेतावनी

काठमाडौं : केही महिना पहिले वितन्डा मच्चाएको हावाहुरीले जकपुरमा दुई जनाको फेरि ज्यान लिएको छ । हावाहुरीका कारण दुई जनाको मृत्यु भएको हो । शनिबार राति साढे ३ बजे आएको हावाहुरीका कारण धनुषाको नगराईन नगरपालिका ५ का ६० वर्षीय रामपती मुखिया र ६५ वर्षीय महाबिर दास तात्मको मृत्यु भएको जनाइएको छ ।

स्थानीयका अनुसार उनीहरुको मृत्यु हावाहुरीको आवाजको डरले भएको हो । साथै, हावाहुरीका कारण इन्जिनियरिङ वर्कशप पूर्णरुपमा नस्ट भएको छ । जसमा लगभग १० लाख बराबरको क्षति भएको छ । हावाहुरीका कारण कति क्षति भयो भन्ने विस्तृत विवरण संकलन कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

बैशाख १५ गते (आइतबार): दिउँसोः देशको पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदलि रहनेछ, मध्य र पश्चिमका पहाडी भु-भागमा आंशिक बदली रहनेछ भने बांकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पूर्वी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ र मध्य र पश्चिमि पहाडी भू-भागका एक/दुइ स्थानमा अपरान्ह पछि वा साँझपख मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

राति: देशको पूर्वी भू-भागमा लगायत मध्य र पश्चिमका पहाडी भु-भागमा आंशिक बदली रहनेछ भने बांकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पूर्वी भेगका थोरै स्थानमा र मध्य र पश्चिमि पहाडि भेगका एक दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

बैशाख १६ गते (सोमबार): दिउँसोः देशको पूर्वी भू-भागमा लगायत मध्य र पश्चिमका पहाडी भु-भागमा आंशिक बदली रहनेछ भने बांकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पूर्वी भेगका थोरै स्थानमा र मध्य र पश्चिमि पहाडि भेगका एक दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ। राति: देशको पहाडी भेगमा आंशिक बदलि र बाँकी भू-भागमा मौसम सामान्यतया मौसम सफा रहने छ ।

बैशाख १७ गते (मंगलबार): दिउँसोः देशको पूर्वी भू-भागमा लगायत मध्य र पश्चिमका पहाडी भु-भागमा आंशिक बदली रहनेछ भने बांकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पूर्वी भेगका लगायत मध्य र पश्चिमि पहाडि भेगका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ। राति: देशभरि नै मौसम सामान्यतया बदलि रहनेछ। देशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना छ ।

प्रकाशित मिति: Apr 28, 2019

प्रतिक्रिया दिनुहोस्