Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घरायसी विवाद हुँदा श्रीमतीलाई जलाएर हत्या गर्ने प्रयास, ‘कारण भने दाइजो होइन’

धनुषा : धनुषामा एक नवविवाहितालाई पतिले मट्टीतेल छर्केर जलाएको घटनाको एकसाता पछि सिरहामा फेरि अर्की महिलालाई जलाइएको छ । घरायसी विवादमा सिरहा नगरपालिका-८ की २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेको शरीरमा उनका श्रीमानले आगो लगाएका हुन् ।

आगोले शरीरको ८० प्रतिशत भाग जलेको अवस्थामा उनको उद्धार गरिएको थियो । कञ्चनको अवस्था गम्भीर छ । घटनापश्चात् कञ्चनकी पति बेचन मण्डल खत्वे फरार भएका छन् । कञ्चनकी सासुलाई नियन्त्रणमा लिइएको सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिनुभयो ।

घटनालगत्तै कञ्चनको उद्धार गरी प्रहरीले उपचारको लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाएको थियो । तर शरीरको अधिकांश भाग जलिसकेकाले त्यहाँ उपचार सम्भव नभएपछि कञ्चनलाई उपचारको लागि काठमाण्डौ पठाइएको छ । प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार घटना बिहीबार बिहान ११ बजेतिरको हो ।

‘घरायसी विवाद हुँदा घरमा आगोले जलेको अवस्थामा कञ्चन फेला परिन् हामीले तत्कालै कञ्चनलाई उपचारको लागि धरान पठायौँ ।’, उहाँले भन्नुभयो ‘घटनाको अनुसन्धानको लागि कञ्चनकी सासुलाई नियन्त्रणमा लिएका छौं । पति बेचन फरार भएका छन् । उनको पनि खोजि भैरहेको छ । घटना के कारणले भएको हो भन्ने बारे अहिलेसम्म पत्ता लागेको छैन । हामी अनुसन्धान गरिरहेका छौं ।’

गएको वैशाख ५ गते पनि धनुषाको शहीदनगर नगरपालिका-१ पुरवारी टोल चिरैयाकी २० वर्र्षीया नवविवाहिता निर्मला यादवलाई पति मुकेश यादव गोइतले जिउमा मट्टीतेल खन्याएर आगो लगाएका थिए । त्यसपछि गाउँलेले निर्मलाको उद्धार गरी उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरेका थिए ।

यहाँ उपचार सम्भव नभएपछि निर्मलालाई थप उपचारको लागि काठमाण्डौ लगिएको छ । निर्मलाको पनि शरीरको ४० प्रतिशत भाग जलेको छ । प्रदेश २ सरकारले छोरीलाई बचाउन मुख्यमन्त्री “बेटी पढाउ बेटी बचाउ” अभियान नै सुरु गरेको छ । तर पनि यहाँ विभिन्न बाहानामा महिलामाथिको हिंसा बढिरहेको छ ।

यद्यपी, प्रहरीले यो घटनामा दाइजो कुनै कारण नरहेको बताउनुभयो । कुनै महिला हिंसाको घटनामा झुवाटै दाइजो समस्या बुझ्छौ तर यस्को कारण भने दाइजो होइन श्रेष्ठले भन्नुभयो घरायसी बिवादपछि भएको घट्ना हो ।

प्रकाशित मिति: Apr 26, 2019

प्रतिक्रिया दिनुहोस्