Logo
२१ बैशाख २०८१, शुक्रबार
(April 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक्कासी आएको हावाहुरीको कारण फेलातालमा अलपत्र परेका तीन जनाको सकुशल उद्धार

कास्की : पोखरा महानगरापालिका-६ स्थित लेकसाईडस्थित फेवातालमा एक्कासी आएको हावाहुरीको कारण अलपत्र परेका बोटिङ्ग गरिरहेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

तालमा बोटिङ्ग गरिरहेको बेला एक्कासी आएको हावाहुरीको कारणएक डुंगामा पानी पसेपछि तीन जना अलपत्र परेका परेका थिए । सो घटनाबारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा कास्की नम्बर २४ गणबाट फेवाताल रेस्क्यू टावरमा खटिएको एपीएफ टोलीले उनीहरुको उद्धार गरेको सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माले जानकारी दिए ।

एक्कासी आएको हावाहुरीको कारण अलपत्र परेका सप्तरी जिल्लाको राजविराज वस्ने ४० वर्षिय बोलबम चौरसीया, २८ वर्षिय पुन्दन चौरसीय र १२ वर्षिय भाष चौरसीयालाई सशस्त्र प्रहरी सहायक निरीक्षक दिपक सिग्देलको कमाण्डमा खटिएको एपीएफ टोलीले तत्कालै उद्वार गरी सो तालबाट बाहिर निकालेको थियो ।

प्रकाशित मिति: Apr 19, 2019

प्रतिक्रिया दिनुहोस्