Logo
५ जेष्ठ २०८१, शनिबार
(April 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुल्मी जीप दुर्घटना अपडेट :  पूर्वसांसद भण्डारीको मृत्यु

गुल्मी :  गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर १ नेटा चिहानडाँडामा १० जना सवार जीप दुर्घटना भएको छ जसमा पूर्व सांसद रुद्रमणी शर्मा भण्डारी र नाम नखुलेका एक व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ ।

बिहिबार बिहान मालिका गाउँपालिकाको दर्लिङबाट बुटवलका लागि हिँडेको लु १ ज १९५७ नम्बरको जिप सडकदेखि १०० मिटर तल खसेको हो । सो दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा धुर्कोट गाउँपालिका-५ का पूर्व सांसद ७२ वर्षीय रुद्रमणि भण्डारी र मालिका गाउँपालिका-१ नेटाका ८ वर्षीय वशकर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रबहादुर खडकाले जानकारी दिए। घाइतेहरुको उपचारका लागि सदरमुकाम तम्घास ल्याइँदै गरेको प्रहरीले जनएको छ।

प्रकाशित मिति: Apr 11, 2019

प्रतिक्रिया दिनुहोस्