Logo
१६ बैशाख २०८१, आईतबार
(April 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नङको रङबाट पत्ता लगाउनुहोस् शरीरमा लाग्ने खतरनाक रोग

नङको काम हात- खुट्टाका औलाको सौन्दर्य बढाउने मात्र होइन । यसले शरीरभित्र लुकेर रहेका बिभिन्न रोगबारे संकेत पनि दिने गर्छ । नङमा आउने रङको परिवर्तनले शारीरिक तथा मानसिक स्वास्थ्यबारे जानकारी दिन्छ ।

यदि नङमा सेतो दाग, गुलाबीपना या धर्सो देखिएमा त्यो कुनै गम्भीर रोगको संकेत पनि हुन सक्छ । लिभर, मुटु, फोक्सो, छाला एवं मानसिक स्वास्थ्य समस्या सम्बन्धि समस्याको संकेत नङले पनि दिने गर्छ ।

त्यसैले, बिरामी जाँचको क्रममा उसको हात, खुट्टाका औलाका नङको परिक्षण गरिन्छ । होमियोप्याथिक चिकित्सा पद्दतिमा बिरामिको नङको रङ परिवर्तन हुनुलाई बिषेश महत्व दिईन्छ ।

थाइराइडको समस्या :

स्वस्थ नङ सिधा र दाग- धब्वारहित हुन्छ । तर, नङ छोटो समयमै भाँचिने, चर्कीने सुख्खा हुने भएमा त्यो थाइराइड हर्मोन असन्तुलनको लक्षण हुन सक्छ । थाइराइडको कारण नङ झर्नेजस्ता समस्या पनि हुन्छ । थाइरायडहार्मोनस असंतुलनको संकेत गर्दछ । नङ चिरिएको वा रङ पविर्तन भएर पहेलो भएको छ भने त्यो फंगल इनफेक्सनको कारण पनि हुन सक्छ ।

छालाको क्यान्सर :

नङको भित्रपट्टी कुनै गहिरो रगंको धर्सा देखिएमा सचेत हुनुपर्छ । यस्तो भएमा जतिसक्दो चाडो स्वास्थ्य परीक्षण गर्न जरुरी हुन्छ । किनभने यस्तो कालो धर्सा छालाको क्यानसरको संकेत पनि हुन्छ ।

त्यस्तै, नङको रङ परिवर्तन भएर पहेलो भएमा त्यो अन्य क्यानर जस्तो घातक रोगको पनि लक्षण हुन सक्छ । नङको रङ निलो हुँदै गएको छ भने त्यो मुुटु रोगको लक्षण हो ।

फोक्सोको समस्या :

कतिपयको नङको आकार परवर्तन भएर घडिको शिशाजस्तो हुने गर्छ । यसले क्ष्यरोग, फोक्सोको टियुमरजस्ता समस्यातर्फ पनि इंगित गर्छ । त्यस्तै, नङ चम्चा आकारको भएमा त्यसले छाला सम्बन्धि रोग तथा मानशिक समस्यातर्फ संकेत गर्छ ।

वंशाणुगत समस्या :

यदि नङमा डाँडाको टुप्पाजस्तो खस्रो धर्सा देखिएको छ भने त्यो प्राकृतिक या वशांनुगत रोगको संकेत हुन सक्छ । त्यति मात्र नभएर यस्तो रङले अर्थराईटिस, कोलाईटिस, जस्ता रोग हुनसक्ने पनि सम्भावना देखाउँछ । नङको रङ निलो हुदै गईरहेको छ भने अक्सिजनको कमी, स्वासप्रश्वासको समस्या वा मुटु रोगको कारण पनि हुन सक्छ ।

मधुमेह :

बेलाबखत नङको रङ आधा गुलाबि र आधासेतो देखिन सक्छ । यस्तो रङले मधुमेहको संकेत गर्छ । नङ निकै सेतो देखिएको छ भने एनिमिया पनि भएको हुन सक्छ ।

प्रकाशित मिति: Apr 8, 2019

प्रतिक्रिया दिनुहोस्