Logo
२४ बैशाख २०८१, सोमबार
(April 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१९ वर्षीय लामिछानेको नयाँ कीर्तिमान, टी-२० क्रिकेटमा गरे ५० विकेट पूरा

काठमाडौं :  नेपालका लेग स्पिनर सन्दीप लामिछानेले टी-२० क्रिकेटमा ५० विकेट पूरा गरेका छन् । पछिल्लो एक वर्ष अन्तर्राष्ट्रिय फेन्चाइज लिग खेलिरहेका उनी अहिले इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सबाट खेलिरहेका छन् ।

१९ वर्षीय लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बलरसमेत हुन् । सन्दीपको विश्व टी-२० क्रिकेटमा यात्रा गत वर्षको आइपीएलबाटै भएको हो । उनले गत वर्ष दिल्ली डेयर डेभिल्स (हाल दिल्ली क्यापिटल्स)बाटै आइपीएल खेलेका थिए । गत वर्ष आइपीएलको अन्तिम तीन खेलमा ५ विकेट लिएपछि सन्दीपको चर्चा विश्वभर चुलिएको थियो ।

त्यसपछि उनले क्वारेवियन प्रिमियर लिगको पाँच खेलमा ७ विकेट लिए । अफगानिस्तान प्रिमियर लिगमा पनि सन्दीपले २ विकेट लिएका थिए ।

यसैगरी उनले अष्ट्रेलियाको बिग बासमा ११ विकेट लिए । सन्दीपले बंगलादेश प्रिमियर लिगमा ४, त्यसपछि यूएसँग तीन खेलको टी-२० सिरिजमा ५ र पाकिस्तान सुपर लिगमा ११ विकेट लिए । उनले जारी आइपीएलको सुरुवाती चार खेलमा ५ विकेट लिई सकेका छन् ।

१९ वर्षीय सन्दीपले आइपीएलअन्तर्गत आइतबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध १ विकेट लिए । यही विकेटसँगै सन्दीपले टी-२० क्रिकेटमा ५० विकेट पूरा गरेका हुन् ।

प्रकाशित मिति: Apr 8, 2019

प्रतिक्रिया दिनुहोस्