Logo
१७ बैशाख २०८१, सोमबार
(April 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जानीराखौँ : शरिरमा पानीको कमी भएपछि देखिन्छ यस्ता ९ लक्षणहरु

काठमाडौ  : पानी हाम्रो दैनिक जीवनमा अतिआवश्यक चिज हो । पानी बिना मानव जीवनको कल्पना पनि गर्न सकिँदैन । हाम्रो शरिरको ७० प्रतिशत भाग पानीबाट बनेको हुन्छ ।

पानीले हाम्रो शरिरमा भएको विषाक्त पदार्थलाई बाहिर निकालेर नयाँ उर्जा दिन्छ । तर यही पानीको हाम्रो शरिरमा कमी हुदा विभिन्न प्रकारको रोगहरु लाग्छ ।  त्यसैले आज हामी तपाईलाई हाम्रो शरिरमा पानीको कमी हुदा कस्ता कस्ता लक्षणहरु देखिन्छ भन्ने बताउदै छौ  :

  • पहिलो लक्षण भनेको शरिरमा पानीको कमी भएमा टाउको दुख्छ ।
  • दोस्रोमा केही खानसाथ वा पटक पटक भोक लाग्छ । यदि तपाईमा पनि यस्तो समस्या आएमा प्रशस्त पानी पिउनुपर्छ ।
  • तेस्रोमा यदि शरिरमा पानीको कमी भएमा धेरै थकान महसुस हुने र काममा ध्यान जादैन् ।
  • चौथोमा शरिरको छाला सुख्खा हुने ,बारम्बार ओठ फुट्ने लक्षणहरु देखा पर्दछ ।
  • पाचौमा यदि पानीको कमी भएमा पिसाब अरुबेलाको भन्दा धेरै पहेँलो देखिन्छ ।
  • छैटौमा शरिरमा पानीको कमी भएमा एसिडिटी बढने, कब्जियत हुने समस्या देखा पर्दछ ।
  • सातौमा मुटुको धडकन अचानक बढ्ने , चक्कर लाग्ने , अचानक डराउने र निन्द्रा नलाग्ने जस्तो लक्षणहरु पनि देखिन्छ ।
  • आठौमा यदि शरिरका पानीको कमी भएमा मुख सुख्खा हुने ,सास गनाउने समस्याहरु देखापर्छ । त्यसैले यस्तो अवस्थामा तत्काल पानी पिउनुपर्छ ।
  • नवौमा मांसपेशी वा जोर्नीमा दुख्ने समस्या पनि पानीकै कमीले गर्दा भएको हो ।

प्रकाशित मिति: Apr 4, 2019

प्रतिक्रिया दिनुहोस्