Logo
२२ बैशाख २०८१, शनिबार
(April 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्यायाधीशहरुको तीन दिने राष्ट्रिय सम्मेलन सुरु

काठमाडौँ : न्यायाधीशहरुको तेस्रो राष्ट्रिय सम्मेलन काठमाडौँमा आज देखि सुरु हुँदैछ । ‘न्यायपालिकामा स्वतन्त्रता: न्यायीक सुशासन हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ सुरुहुन लागेको उक्त सम्मेलन तीन दिनसम्म चल्ने छ ।

न्यायमुर्तिहरुले स्वतन्त्र न्यायापालिकाको कुरा गरेपनि कार्यसम्पादनमा प्रतिवद्धता र घोषणा अनुसार काम नगर्दा न्यायपालिकाप्रति गुमेको शाख फिर्ता गर्न यो सम्मेलनले सहयोग पुग्नसक्ने धेरैको अपेक्षा छ । तर कतिपयले भने प्रतिवद्धता एकातिर व्यवहार अर्कोतिर हुने गरेको भन्दै टिप्पणी गर्ने गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने सम्मेलनमा भाग लिन जिल्ला अदालतका २३५ र उच्च अदालतका १४४ सहित देशभरका लगभग ५ सय न्यायाधीशहरु काठमाडौँमा भेला भएका छन् । सम्मेलनमा न्यायपालिकासम्बन्धी चार वटा कार्यपत्र प्रस्तुत हुनेछन् ।

सम्मेलन सम्पन्न गर्न सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले सम्मेलनको मुख्य उदेश्य छिटो र निष्पक्ष न्यायका लागि न्यायिक अनुगमन र नीतिगत सुधारमा केन्द्रीत रहेको बताएका कछन् ।

पछिल्लो समय अदालतहरुमा मुद्दा र पेशी व्यवस्थापन कार्य प्रभावकारी नभएको गुनासो आइरहेका बेला यो सम्मेलनले ति समस्यालाई सम्बोधन गर्ने बताइएको छ । यसअघि गत ७१ साल मंसिरमा न्यायाधीशहरुको दोस्रो सम्मेलन भएको थियो । दोस्रो सम्मेलनले संवैधानिक अदालतको सट्टा सर्वोच्च अदलतमै संवैधानिक इजलास गठन गरिनुपर्ने मागसहित ३२ बुँदे घोषणापत्र जारी गरेको थियो ।

घोषणापत्रमा स्वतन्त्र न्यायपालिकासम्बन्धी मान्यतालाई र न्यायसम्बन्धी अधिकारलाई संविधान, कानून र न्यायका मान्य सिद्धान्तअनुसार अदालत र अन्य न्यायिक निकायबाट मात्र प्रयोग गरिने संवैधानिक प्रत्याभूति दिइनुपर्ने प्रस्ताव गरिएको थियो ।

प्रकाशित मिति: Apr 3, 2019

प्रतिक्रिया दिनुहोस्