Logo
१६ बैशाख २०८१, आईतबार
(April 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नियमित जाँच र शारीरिक व्यायाम गरे यस्ता रोगहरूबाट सजिलै बच्न सकिन्छ

काठमाडौं : नर्भिक अस्पतालका कोलोरेक्टल तथा जनरल सर्जन डा.सत्यदीप भट्टाचार्यले ठूलो आन्द्रा तथा मलाशय (कोलन र रेक्टम)को क्यान्सरबारे नियमित जाँच र शारीरिक व्यायाम गरे यो रोगलाई सजिलै रोकथाम गर्न सकिने बताएका छन् ।

रोटरी क्लब चन्द्रागिरीसँगको सहकार्यमा नर्भिकद्वारा आयोजित एक विशेष चिकित्सा कार्यक्रममा बोल्दै डा. भट्टाचार्यले उक्त कुरा बताएका हुन् । उक्त कार्यक्रममा नर्भिकका पेटरोग विशेषज्ञ डा.वरुण शाहले ठूलो आन्द्रा र मलाशयका तमाम रोगहरुको निदानमा कोलोनोस्कोपीको महत्वबारे प्रष्ट्याएका थिए ।

प्रत्येक वर्षको मार्च महिनालाई कोलोरेक्टल अर्थात् ठूलो आन्द्रा र मलासयको अर्बुदरोग (क्यान्सर)बारे जनचेतना अभिवृद्धि गर्ने र गराउने महिनाका रुपमा लिइन्छ । यस महिनाभर ठूलो आन्द्रा र मलाशयको क्यान्सरबारे विविध चिकित्सकीय कार्यपत्रहरु प्रस्तुत गरिने, रोग रोकथाम र उपचारबारे जनचेतना फैलाउने आदि कार्य गरिन्छ ।

यी क्रियाकलापले रोग रोकथाम र रोगको प्रभावकारी उपचारबारे पनि सर्वसाधारणले थाहा पाउन सक्छन् । ठूलो आन्द्रा र मलाशयको अर्बुदरोग मानिसलाई हुने अर्बुदरोगहरु मध्ये तेस्रो ठूलो र भयानक रोगमा पर्दछ । विश्व तथ्यांकलाई हेर्ने हो भने हरेक वर्ष यस रोगका १८ लाख नयाँ बिरामीहरू देखापर्ने गर्छन् भने तीमध्ये झण्डै ५० प्रतिशत अर्थात् ९ लाख जतिले ज्यान गुमाउने गर्दछन् ।

प्रकाशित मिति: Apr 2, 2019

प्रतिक्रिया दिनुहोस्