Logo
२३ बैशाख २०८१, आईतबार
(April 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्च अदालतमा ५ न्यायाधीश नियुक्तिका लागि न्यायापरिषदको सिफारिस

काठमाडौँ : मंगलबार बिहान बसेको न्यायपरिषद् बैठकले सर्वोच्च अदालतमा रिक्त ५ न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । नियुक्ति सिफारिसका लागि आज बिहान बसेको न्यायपरिषद् बैठकले ५ न्यायाधीश नियुक्तिका लागि नाम सिफारिस गरेको हो ।

परिषद् स्रोतका अनुसार उच्च अदालतबाट दुई र कानुन व्यवसायीबाट तीन गरी पाँच जनाको नाम सिफारिस भएको छ ।

जसअनुसार प्रकाश ढंगाना, सुस्मलता माथेमा र हरिप्रसाद फुयाल सिफारिस भएका छन् । त्यस्तै कुमार रेग्मी र मनोज कुमार शर्मा पनि न्यायाधीश सिफारिसमा परेका छन् । ढुंगाना र माथेमा उच्च अदालतका न्यायाधीश हुन् ।

प्रकाशित मिति: Apr 2, 2019

प्रतिक्रिया दिनुहोस्