Logo
१९ बैशाख २०८१, बुधबार
(April 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेसबुकले कंग्रेसका ६८७ नक्कली एकाउन्ट पेज हटायो

निर्वाचनको सँघारबीच भारतमा प्रमुख प्रतिपक्षी भारतीय कंग्रेस (कंग्रेस-आई)का सोमबार विभिन्न ६८७ फेसबुक पेज तथा एकाउन्ट हटाइएको फेसबुकले सोमबार जानकारी गराएको छ।

सामाजिक सञ्जाल फेसबुकले आफ्नो कानून उल्लंघन गरेको भनी कंग्रेस–आई सम्बद्ध ती पेज हटाएको हो। भारतमा अप्रिल ११ गतेदेखि अप्रिल १९ सम्म आमनिर्वाचन भइरहेको र ती नक्कली एकाउन्टबाट विरोधीलाई होचाउने, गाली गर्ने र झूटो प्रचार गर्ने खालका सामग्री सम्प्रेषित भएका भेटिएपछि सामाजिक सञ्जालका उक्त पेज हटाइएको फेसबुकको भनाइ छ। ‘

अप्रमाणिक व्यवहार वा स्पामका लागि सहकार्य गरेको भेटिएपछि फेसबुकको नीति तथा नियमलाई उल्लंघन भएको निष्कर्षसहित उक्त दल आबद्ध मानिएका पेज, समूह तथा एकाउन्ट कम्पनीले हटाएको छ’, फेसबुक कम्पनीले भनेको छ।

भारतीय भूमिबाट प्रयोग गर्दै आएका भनिएका ६८७ पेज र एकाउन्टले अप्रमाणिक व्यवहार वा स्पामका लागि सहकार्य गरेको भेटेपछि तिनीहरूलाई हटाइदिएको फेसबुकका साइबर सुरक्षा नीति प्रमुख नेथेनियल ग्लेचरले बताए।

‘यी गतिविधिमा संलग्न व्यक्तिले नक्कली एकाउन्ट खोली नियमविपरीत हुनेगरी विभिन्न समूह बनाई उनीहरूको सन्दर्भ सामग्रीलाई सम्प्रेषण गरेको हाम्रो स्वचालित प्रणालीले पत्ता लगाई उनीहरूलाई खारेज गरिदिएको छ।’

सामाजिक सञ्जाल फेसबुकमाथि भारत सरकार लगायत विश्वका सरकारी अधिकारीद्वारा फेसबुकको दुरुपयोग गरी राजनीतिक फाइदा उठाउने वा गलत सूचना फैलाउने काम नभएको प्रत्याभूत गर्न दबाव दिँदै आएका खबर आउने गरेका छन्।

यसैबीच भारतीय कंग्रेसका नेता मनीष तिवारीले आफूहरूले वास्तविक रिपोर्टबारे अध्ययन गर्न बाँकी रहेको बताए। सिन्ह्वा

प्रकाशित मिति: Apr 2, 2019

प्रतिक्रिया दिनुहोस्