Logo
२१ बैशाख २०८१, शुक्रबार
(March 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फ्राइडे एकसाथ रिलिज भए यी दुई फिल्म

काठमाणडाैं : व्यवसायिक हिसाबले प्रतिष्प्रधाका साथ आज ‘साइँली’ र ‘शुभ लभ’दुई फिल्म एकसाथ रिलिजमा आएका छन् । यी दुबै फिल्म फ्राईडे रिलिज अन्तर्गत एकसाथ प्रदर्शनमा आएका हुन् ।

‘शुभ लभ’
‘शुभ लभ’ चर्चित युवा ज्योतिष हरिहर अधिकारीको अभिनयमा डेब्यु फिल्म हो । सन्तोष बाबु लोहनीको निर्देशन रहेको फिल्ममा हरिहरले नव अभिनेत्री क्रिस्टिन पौडेलसँग रोमान्स गरेका छन् ।

फिल्ममा आफूले रियल झै ज्योतिसकै भुमिका निर्वाह गरेको उनी बताउछन् । प्रदीप कुमार उदयको प्रस्तुति रहेको फिल्ममा धर्मराज शर्मा सुवेदीको लगानी छ । डाक्टर सूर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रवीन्द्र झा, प्रदीप बास्तोलालगायतका कलाकारको पनि चलचित्रमा अभिनय देख्न सकिन्छ । व्यापक प्रचारप्रसार गरिएको यो फिल्म दर्शकले रुचाउने अपेक्षा निर्माण पक्षको छ ।

‘साइँली’
‘साइँली’ रामबाबु गुरुङले निर्देशन गरेका हुन् । परिवारलाई खुसी दिन परदेशिएका श्रीमान र उनलाई गाउँमा कुरेर बसेकी श्रीमती बीचको कथा बुनेको फिल्ममा गौरव पहारी र मेनुका प्रधान मुख्य भूमिकामा छन् । फिल्ममा दयाहाङ राई, माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुण कार्की लगायतको पनि अभिनय छ । फिल्मको बिहिबार प्रिमियर गरिएको थियो ।

प्रकाशित मिति: Mar 29, 2019

प्रतिक्रिया दिनुहोस्