Logo
२१ बैशाख २०८१, शुक्रबार
(March 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओम डेभलपमेन्ट बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं : बीमा सेवा दिने सम्बन्धमा ओम डेभलपमेन्ट बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ ।

सम्झौतामा ओम डेभलपमेन्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारी र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार ओम डेभलपमेन्ट बैंकले देशभर रहेका आफ्ना ५३ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले सर्वाधिक बीमा योजना, डबल सार्वाधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै गतमाघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको छ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले २०७५ चैत्र मसान्त भित्र देशको २३ स्थानमा कारोबार सञ्चालनको तयारी गरिरहेको छ ।

प्रकाशित मिति: Mar 27, 2019

प्रतिक्रिया दिनुहोस्