Logo
८ जेष्ठ २०८१, मंगलबार
(March 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

“७ दिन ७ विशेषता”: हाम्रो पात्रोले ल्यायो ‘मेगा अपडेट’

काठमाडौँ :  हाम्रो पात्रोले यही साता आफ्ना प्रयोगकर्ताका लागि एकमुष्ठ खुशीका सौगातसहितका नयाँ सम्भावना र विशेषता समेटिएको नयाँ अपडेट सार्वजनिक गरेको छ ।

हाम्रो पात्रोका संस्थापक तथा परिकल्पनाकार शंकर उप्रेतीले भने “१० वर्षअघि मैले आफ्नो व्यक्तिगत सोख तथा आवश्यक्ताका लागि नेपाली क्यालेण्डरका तिथीमिति, चाडवाड, रितिरिवाज तथा वैदिक हिन्दु संस्कारका विविध जानकारी समेटिएको र अमेरीकास्थित केही साथीहरुका लागि उपयोगी बनाउने गरेको प्रारम्भिक प्रयासहरुलाई प्रयोगकर्ताले क्रमशः मलजल गर्दै जानुभो र निरन्तर हामीले यसमा गोडमेल गरी रह्यौं ।

यो अवधिमा म तथा मरो टिमले हरेक दिन, हरेक क्षण नेपाली प्रयोगकर्ताको दैनिकिको मूलभूत आवस्यक्ता के हो भन्ने विचारहरुमा निरन्तर खोजी गरी रह्यौं र समयानुसार फरक सुविधा, नविन प्रविधियुक्त अपडेट गर्दै गयौं । यसक्रममा ‘हाम्रो पात्रो’ एउटा पात्रोमा मात्र सिमित नरहेर, हरेक नेपालीको दैनिकी सहज बनाउने सहयात्री भएको छ । हाम्रो पात्रो नेपाली एप्सहरुको पंक्तिमा सर्वाधिक ठूलो परिवार भएकोमा गर्व लाग्छ । हाम्रो यो स्मार्ट नेपाली परिवार लाखौं सदस्य सहितको एउटा विशाल पारिवारीक संरचना बनिसकेको छ ।”

“हामीलाई हाम्रो विचारमा, हाम्रो हरेक अपडेटमा अनेक खुशी साट्ने, अनेक जिज्ञासा राख्ने, थुप्रै विचारोत्तेजक प्रश्न, प्रतिक्रिया राख्ने लाखौं लाख प्रयोगकर्ताहरुप्रति आभारी छु । म विश्वस्त छु १ हामीले यो पल्ट पस्किएको २१ औं शताब्दिको अनेकौं विशेषता सहितको नयाँ हाम्रोपात्रो हाम्रो प्रयोगकर्ताहरुलाई मनपर्नेछ ।”

यस्तो छ हाम्रो पात्रोले सार्वजनिक गरेको मेगा अपडेटको विशेषताहरुः

१.  स्थानीय भाषाका साथमा

हाम्रो पात्रो अब नेपालभाषा, मैथिली भाषा र भोजपुरी भाषामा पनि उपलव्ध भएको र भाषा परिवर्तन गर्न सकिने भएको छ । नेपाली तथा अंग्रेजी भाषामा मात्र यसअघि प्रयोग गर्न सकिने हाम्रो पात्रोले आफ्नो भाषाको दायरालाई थप फराकिलो बनाएको छ । अब लाई नेपालभाषा, भोजपुरी तथा मैथिली भाषामा पनि प्रयोग गर्न सक्नुहुनेछ ।

नयाँ अपडेटमा यदि तपाईं नेपाल भाषा प्रयोग गर्दैहुनुहुन्छ भने तपाईंले नेपाल सम्वतमैं तिथीमिति बारे जानकारी प्राप्त गर्न सक्नुहुन्छ । नेवा वर्षका १२ वटै महिना तथा एप्लिकेशनमा प्रयोग हुने मूल फिचरहरु नेपालभाषामा राखिएका छन् । आउँदा दिनहरुमा नेपालभाषा लिपी समेतको हाम्रो पात्रो सार्वजनिक गर्नेभएको छ ।

२.  दिन तथा रात थिमका साथ

प्रयोग सहजतामा प्रभावकारी लाईट, डार्क र अटो थिम नयाँ अपडेटको विशेषता हो । अब हाम्रो पात्रोको नेपथ्यका रंग र प्रकाश परावर्तनको अनुपातका आधारमा प्रयोगकर्ताले आफूलाई आवश्यक थिम रोज्न सक्नेछन् ।

३.  हाम्रो भिडियो

विविध भिडियो वर्ग (क्याटोगरी) अनुसार भिडियो हेर्ने सुविधा सहित भिडियोको नयाँ डिजाईजन राखिएको यो सुविधा तपाईँलाई मनपर्नसक्छ । यूट्यूबमा बिभिन्न श्रोतका आधिकारीक र जानकारीमूलक भिडियो खोजि गर्नु चुनौतिको विषय हो । आफूलाई चाहिने नचाहिने अनेक अनावश्यक विकल्पहरुले कहिलेकाँही तपाईँलाई पनि अप्ठेरो भएको हुनसक्छ । त्यसका लागि “spam-free” समाचार, गीत सङ्गीत, रियालिटी शो, चलचित्र, विज्ञान, तथा अन्य विधाका रोचक भिडियोहरु समावेश हाम्रो भिडियोको विशेषता हो ।

४.  नोटरटिपोट

हाम्रो पात्रो मेगा रिलिजको अत्यन्त महत्वपूर्ण फिचर हो नोट टिपोट । आफ्ना अनेकानेक कार्यक्रमको तालिका मिलाउन र गर्नुपर्ने कामहरु सम्झिन हाम्रो पात्रोद्वारा सार्वजनिक हाम्रो नोटरटिपोटको सुविधा अब तपाईँको व्यक्तिगत प्रयोगका लागि हाम्रो पात्रोले सार्वजनिक गरेको छ । यो सुविधा प्रयोग गर्नका लागि तपाईंले हाम्रो पात्रो लग-ईन गरेको हुनुपर्छ र यो लग-ईन अत्यन्त सहज छः ह्याम्वर्गर मेनु अर्थात् छेउको मुख्य मेनुमा गएर या नोट्स एड गर्दा पनि लग-ईन अप्शन देख्न सकिन्छ, आफ्नो साबिकको फेसबुक, ट्विटर या जीमेल अकाउण्टबाट सजिलै लग-ईन गर्न सकिनेछ ।

नोटलाई सम्पादन अर्थात एडिट तथा हरेक नोटलाई आफूले चाहेको फरक फरक रंगमा राख्नमिल्ने खालको छ । अब तपाईँका कुनै इभेन्टस या कार्यक्रम छुटाउनु नपरोस्, समय अनुसार अघि बढ्न सकियोस र ‘नेपाली टाईम’को आक्षेप कुनै कार्यक्रममा या उपस्थितीमा नलागोस् भन्ने चाहनुहुन्छ भने यो सुविधाका उपयोगी बन्न सक्छ ।

मोबाईल रिइन्स्टल गर्दा अथवा नयाँ मोबाइलमा हाम्रोपात्रो प्रयोग गर्दा तपाईंले यसअघि लेख्नुभएको नोट र टिपोट अथवा इभेन्ट प्लानहरु केही पनि हराउनेछैन । तपाईँको विभिन्न इभेन्ट प्लान र गतिविधि व्यवस्थापन गर्नका लागि Gmail, Twitter  अथवा Facebook बाट हाम्रोपात्रो लग-ईन गरीसकेपछि राख्नुभएका नोट र टिपोट तपाईँले प्रयोग गर्ने जुनसुकै Android फोनमा पहिले लग-ईन गरीएको आइडीबाट लगइन गरेर एप्लिकेशन प्रयोग गर्नुभएमा पहिलेकै अवस्था सम्पूर्ण कुराहरु यथास्थानमै देखिनेछन् ।

५.  समाचार सर्च तथा ट्रेण्डिङ समाचार

यस मेगा अपडेटको अर्को राम्रो विशेषता भनेको सर्च र ट्रेन्डिगं विषयको सुविधा । आफ्नो इच्छा अनुसारको विषयको सामाग्री सर्च गर्न र ट्रेण्डिगं विषयहरुमा अवलोकन र अपटेडेड रहन यो अपडेट विशेष छ । सर्च गर्ने प्रभावकारी तरिका देखि सर्च हिस्ट्रि सम्पादन सम्मको सुविधाको एप्लिकेशनले दिएको छ ।

६.  न्यूज पर्सनलाईजेशन

यहाँहरुको व्यक्तिगत रोजाई, छनौट र रुचिअनुसारका समाचार स्रोत र समाचार वर्गहरु समेटिएको पर्सनलाइजेशन सुविधा समेटेको हाम्रो पात्रोले नेपालभरिका ४० भन्दा धेरै श्रोतका समाचारहरु यहाँहरु सामु पस्कँदै आएको र समाचार या समाचार स्रोतहरु हरेकका लागि रुची अनुरुप र चासो अनुरुपको प्ल्याटफर्म विस्तार गर्दै समाचार पर्सनालाइजेशनको सुविधा राखेको छ । अब हाम्रो पात्रोमा तपाईँले आफूलाई मनपरेको समाचार स्रोत रोज्न तथा आफूलाई चाहिने समाचार वर्ग चयन गर्न सक्नुहुनेछ ।

७. दैनिक नोटिफिकेशन हिस्ट्रि

हाम्रो पात्रोले पठाउने हरेक ताजा समाचारका दैनिक नोटिफिकेशनहरु हिष्ट्रिमा पछि समेत हेर्नमिल्ने सुविधा नयाँ अपडेटमा ल्याएको छ । दिनहूँका नोटिफिकेशन हिस्ट्रिमा बस्ने समाचारको सूची आज मात्रको हुने हैन पुराना समाचारका नोटिफिकेशनहरु पनि क्रमैअनुसार तपाईँको मोबाईलमा रहीरहनेछ ।

प्रकाशित मिति: Mar 12, 2019

प्रतिक्रिया दिनुहोस्