Logo
२२ बैशाख २०८१, शनिबार
(March 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

 ह्वावे वाई७ २०१९ अब नेपाली बजारमा, हेर्नुहोस् यसका विशेष फिचर्स

काठमाण्डौं :  ह्वावे कम्पनीको सबैभन्दा सर्वोत्कृष्ट स्मार्टफोन ह्वावे वाई सेभेन २०१९ अब नेपाली बजारमा उपलब्ध भएको छ ।

कम दाममा उत्कृष्ट कार्यक्षमता भएको स्मार्टफोनहरू ल्याउने आफ्नो प्रतिबद्धताअनुरूप ह्वावे कम्पनीको वाई सिरिजमा पनि सहुलियत दाम र उति नै उत्कृष्ट कार्यक्षमता भएका स्मार्टफोनहरू प्रयोगकर्ताहरू समक्ष ल्याएको छ । वाई सिरिज अन्तर्गतको पछिल्लो स्मार्टफोन ह्वावे वाई सेभेन २०१९ पनि सबैपक्षमा सर्वोत्कृष्ट स्मार्टफोन मानिएको छ र नेपाली बजारमा ह्वावेका अन्य स्मार्टफोनहरू झैँ यो स्मार्टफोन पनि निकै लोकप्रिय हुने विश्वास गरिएको छ ।

यो स्मार्टफोन तीनवटा रंगहरू नीलो (ओरोरा ब्लू), कालो (मिडनाइट ब्ल्याक) र रातो (कोरल रेड) मा उपलब्ध छ । नेपाली बजारमा ह्वावेको वाई सेभेन २०१९ को मूल्य भने रूपैयाँ १९,९९० तोकिएको छ । ६.२६ ईन्चको ठूलो डियूड्रप डिस्प्ले, १३ एमपीं २एमपीको मास्टर एआई सपोर्टयुक्त एआई क्यामरा र दुई दिनसम्म चल्ने ४ हजार एमएमएच क्षमताको ब्याट्री र प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्दछ ।

ह्वावेको ब्याट्रीसम्बन्धी महत्त्वपूर्ण प्रविधिका कारण ह्वावे वाई सेभेन २०१९ ले यसको पूर्ण क्षमताको कम्तीमा ८० प्रतिशत ब्याट्री ७ सय पटकसम्म चार्ज गर्दा पूर्ण क्षमता दिन्छ जसको अर्थ हो दुई वर्षसम्म सामान्य तरिकाबाट चार्ज गर्दा पनि ब्याट्री भरपर्दो र राम्रो अवस्थामा रहन्छ ।

भिडियो मन पराउने अहिलेको पुस्ताका लागि ठूलो डिस्प्ले दिनका लागि ह्वावेले नयाँ ह्वावे ड्र्यूड्रप डिस्प्ले ह्वावे वाई सेभेन २०१९ मा जडान गरेको छ । ह्वावेको फ्ल्यागशीप ह्वावे मेट ट्वान्टी र ह्वावे मेट ट्वान्टी एक्समा सुरूमा राखिएको डिउड्रप डिस्प्लेमा क्यामरा राख्नका लागि मोती आकारको सानो स्थान रहेको छ जसले प्रयोगकर्ताहरूलाई मोबाइलमा सबै खाले सामग्रीहरू हेर्न सहज बनाउँछ ।

८६.७ प्रतिशत स्क्रीन-टु-टीपी रेसियो यसमा रहेको छ जुन औसत रुपमा अरु फोनको भन्दा धेरैमाथि हो । ह्वावे वाई सेभेन २०१९ लाई तेर्सो पारेर समात्दा यसको पछाडिको भाग डिजिटल क्यामराजस्तो देखिन्छ । यो जानाजान गरिएको हो किनकि ह्वावे वाई सेभेन २०१९ सबैभन्दा उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्नका लागि बनाइएको हो ।

ह्वावे वाई सेभेन २०१९ मा ह्यान्ड्स फ्री तरिकाबाट पनि फोटो खिच्न सकिन्छ जस्तो कि हाउभाउ वा इशाराबाट फोटो खिच्ने वा सेल्फी खिच्नका लागि स्माइल गर्ने । ह्वावे वाई सेभेन २०१९ मा फेश अनलक २.० रहेको छ जसले मोबाइलफोन खोल्न छिटो र सहज हुन्छ ।

यो स्मार्टफोनले प्रयोगकर्ताको पहिचानलाई प्रमाणीकृत गर्दछ र मात्र मोबाइलफोन अनलक हुन्छ । प्रयोगकर्ताहरूले अन-स्क्रीन निर्देशनहरूपछि आफ्नो प्रोफाइल राख्न सक्छन् । थप सुरक्षाका लागि प्रयोगकर्ताको अनुहारको विवरण वाई सेभेन २०१९ अबमा सदाका लागि सुरक्षित हुन्छ ।

वाई सेभेन २०१९ ले डुलल फोर जी र डुअल भिओलटीई सपोर्ट गर्दछ । यो विशेषताका कारण प्रयोगकर्ताहरूले एकैचोटी एउटा सिमबाट फोन गर्न र अर्कोबाट मोबाइल डाटा चलाउन सक्छन् । वाई सेभेन २०१९मा ५१२ जीबीसम्मको एक्पान्डेबल मेमोरी छ र मेमोरी कार्ड राख्न मिल्ने सुविधा छ । ३२ जीबीको इन्टरनल स्टोरेज पनि यो स्मार्टफोनमा रहेकाले सबै तस्वीरहरू, भिडियोहरू, गेमहरू सजिलै स्टोर गर्न सकिन्छ ।

विशेषताहरूः

डिस्प्लेः ६.२६ ईन्च एचडींह्वावे डिउड्रप डिस्प्ले (१९ः९, १५२०८७२०८)
एसओसीः अक्टा-कोर क्योलकम ४५०
जीपीयूः एन्ड्रेनो ५०६
र्यामः ३ जीबी
स्टोरेजः ३२ जीबीसहित ५१२ जीबीको एक्सपान्डेबल स्टोरेज
ओएसः ईएमयूआई ८.२
क्यामराः रियर क्यामराः १३ एमपी + २ एमपी (एफ/ १.८ एआई)
फ्रन्ट क्यामराः ईयु एण्ड एलएका लागि ८ एमपी-एमपी एण्ड ईएका लागि १६ एमपी
कनेक्टीभिटीः ब्लू टुथ ४.२, ८०२.११. बी/जी/एन २.४ जीएचजेड, डुअल सिम, डुअल फोर जी र ह्वावे सेयर २.०
आई/ओः युएसबी २.०
ब्याट्रीः ४ हजार एमएएच (टिपिकल)
चार्जिङः ५ भी/२ ए
रंगहरूः नीलो (ओरोरा ब्लू), कालो (मीडनाइट ब्ल्याक) र रातो (कोरल रेड)

प्रकाशित मिति: Mar 9, 2019

प्रतिक्रिया दिनुहोस्