Logo
२० बैशाख २०८१, बिहीबार
(March 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजैबाट पृथकतावादी गतिविधि त्याग्दै डा. सिके राउत, प्रधानमन्त्रीलाई साक्षी राखेर सम्बोधन

काठमाडौं : डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठनबन्धनले आजैबाट स्वतन्त्र मधेशको मुद्दा त्याग्ने भएको छ । स्वतन्त्र मधेसको एजेण्डासहित पृथकतावादी गतिविधि गरिरहेका सिके राउतले अब अखण्ड नेपाल स्वीकार गर्न तयार भएका हुन् ।

नागरिक टाइम्ससंगको विषेश कुराकानीमा राउतले भने -‘प्रधानमन्त्री र मेरो आज संयुक्त पत्रकार सम्मेलन छ सबै कुरा त्यही प्रष्ट हुनेछ ।’ उनले भने -‘अहिलेलाई यत्ती बुझ्नुस् छुटै देश होइन हामि स्वतन्त्र तर अधिकार सम्पन्न मधेश बनाउनेछौं बाँकी सबै कुरा उक्त पत्रकार सम्मेलनमा प्रष्ट हुनेछ ।’

उनले प्रधानमन्त्री केपि शर्मा ओलीलाई साक्षी राखेर राष्ट्रियसभागृहबाट औपचारिक रुपमा घोषणा समेत गर्नेछन् । सरकारसँग निकै गोप्यरुमा भित्रभित्रै वार्ता गरेर राउत नेतृत्वको समुहले पृथकतावादी गतिविधि परित्याग गर्न तयार भएका हुन् ।

राउतले आजैबाट यसको औपचारिक घोषणा समेत गर्ने भएका हुन् । राउत विहीवार मात्रै सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए । अपरान्ह १ बजे राष्ट्रियसभागृहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दै सिके राउतको पृथकतावादी गतिविधि समाप्त भएको घोषणा गर्ने छन् ।

यद्यपी, सिके राउतले आफू नेकपामा प्रवेश गर्ने कुनै कार्यक्रम न रहेको र प्रधानमन्त्रीको नाताले मात्र ओलीजीसंग मञ्च साझा गरेको उनले बताए ।

प्रकाशित मिति: Mar 8, 2019

प्रतिक्रिया दिनुहोस्