Logo
२० बैशाख २०८१, बिहीबार
(March 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नमुना बनेर अस्ताए रवीन्द्र : एक वर्षको कार्यकालमा गरे बिर्सिनै नसकिने काम

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकोप्टर दुर्घटनामा निधन भएका तत्कालिन मन्त्री रवीन्द्र अधिकारीले बिर्सिन नसकिने काम गरेको बताएका छन । नेपाल कम्युनिस्ट पार्टीले बिहीबार आयोजना गरेको श्रदाञ्जलि सभामा बोल्दै नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीका रूपमा उत्कृष्ट काम गरेको बताए ।

प्रधानमन्त्री ओलीले एक वर्षको कार्यकालमा अधिकारीले बिर्सिन नसकिने काम गरेको बताएका हुन । नेपालको संस्कृति, पर्यटन र नागरिक उड्ययनको क्षेत्रमा रवीन्द्रले दूरगामी काम गरेको भनाइ राखेका थिए । बदलिएको परिस्थितिअनुसार अधिकारी सधै प्रस्तुत भएको र छोटो समयमा ठूलो सफलता हात पारेको पनि उनले सम्झिए ।

प्रधानमन्त्री ओलीले हेलिकोप्टर दुर्घटनाको समाचार सुरुमा आफूलाई पत्याउनै गाह्रो परेको सम्झि ए। उनले भने, हामीलाई हेलिकोप्टर दुर्घटना पत्याउनै गाह्रो पर्‍यो। अत्यन्तै पीडादायक वास्तविकतालाई पत्याउनै पर्‍यो । दिवंगत मन्त्री रवीन्द्रको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भने, छोटो समयमा मानिसले कसरी प्रगति गर्न सक्छ भन्ने उहाँ नमूना हो ।

रवीन्द्रको आलोचना गर्नेहरूलाई भने प्रधानमन्त्रीले त्यस्तै गर्न् बानी परेकाहरूको संज्ञा दिएका थिए । सरकारले काम गरेको तर केही मान्छेहरूलाई आलोचना मात्रै गर्न रुची भएको र केही गरेन भन्न मात्रै रुची भएको ओलीको धारणा थियो । त्यसैगरी दिवंगत नेता भरतमोहन अधिकारीले नेपालको लोतान्त्रिक आन्दोलनमा ठूलो भूमिका खेलेको प्रधानमन्त्रीले सम्झना गरेका थिए ।

उनले भरतमोहनले मन्त्री, सांसद र नेताका रूपमा उत्कृष्ट काम गरेको पनि बताए । त्यसैगरी, हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका राष्ट्रसेवक कर्मचारी र व्यापारीको पनि नेपालको लोकतन्त्र र विकासमा ठूलो योगदान रहेको प्रधानमन्त्रीले बताए। उनले सधैँ लोकतन्त्रका लागि काम गरेकाहरूको उक्त दुर्घटनामा निधन भएको बताए ।

प्रकाशित मिति: Mar 7, 2019

प्रतिक्रिया दिनुहोस्