Logo
२० बैशाख २०८१, बिहीबार
(March 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चैत ४ मा काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ : नेपाली काँग्रेसले चैत ४ गते सोमबारका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहिबार एक विज्ञप्ति जारी गर्दै चैत ४ गते विहान ११ बजेलाई बैठक बोलाएको जानकारी दिए । यसअघि फागुन १४ गतेको बैठक बस्दै नबसि स्थगित भएको थियो ।

४ गतेको बैठकमा अनुसाशन समिति, निर्वाचन समिति गठनका साथ नेतृत्वविहिन नेविसंघलगायतका विषयमा छलफल हुने देखिन्छ । १४ गतेको बैठकमा अनुसाशन, निर्वाचन समितिमा भागबन्डाका कारण बैठक बस्न सकेको थिएन । संस्थापन पक्षले बहुमतका आधारमा निर्णय गरेर जाने तयारी थालेपछि संस्थापन इतर पक्षले बैठक बहिस्कारको चेतावनी दिएका थिए ।

त्यसपछि पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले अनिश्चितकालका लागि बैठक स्थगित भएको बताएका थिए । यस विषयमा आफ्नो रणनीति बनाउन पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा इतरपक्षले गत मंगलबार र बुधबार दुई दिन छलफलसमेत गरेको छ ।

प्रकाशित मिति: Mar 7, 2019

प्रतिक्रिया दिनुहोस्