Logo
२२ बैशाख २०८१, शनिबार
(March 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अरुको नाममा रहेको सिमकार्ड प्रयोग गर्न प्रतिबन्ध लगााइने

काठमाडौं :  अरुको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नपाइनेगरी नेपाल दूरसञ्चार प्राधिकरणले कार्यविधि तयार पारेको छ ।

‘ई-केवाईसी सिस्टम’ को कार्यविधिमा प्राधिकरणले अर्काको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नमिल्नेगरी व्यवस्थापन गर्न लागेको हो । अर्काको नाममा रहेको सिमकार्ड प्रयोग गरी आपराधिक क्रियाकलाप गर्ने प्रवृत्ति बढेको भन्दै प्रधानमन्त्री कार्यालयबाट गुनासो आएकाले त्यसलाई सम्बोधन गर्न ई-केवाईसी सिस्टम लागु गर्न लागेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार प्राधिकरणले ई-केवाईसी सिस्टम ल्याउन लागको छ । सिमकार्ड दुरुपयोग गर्ने, एउटैको नाममा धेरै सिमकार्ड लिनेजस्ता प्रवृत्ति रोक्न ई-केवाईसी सिस्टम ल्याउन लागिएको अर्यालले बताए। उक्त प्रणालीको पहिलो चरणमा कार्यविधि तयार भएको छ ।

प्रकाशित मिति: Mar 5, 2019

प्रतिक्रिया दिनुहोस्