Logo
१६ बैशाख २०८१, आईतबार
(March 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जीरा पानीको प्रयोग र यसका ८ आश्चर्यजनक फाइदाहरु

जीरा (cumin)  तौल घटाउनको लागि चमत्कारिक तौल घटाउने पेय पदार्थको रुपमा लिइन्छ । विहान खाली पेटमा जीरा पानी पिउँदा मेटाबोलिज्ममा हुने सुस्तता, पाचन प्रक्रियामा भएको गडबडी, इन्सुलिनमा हुने प्रतिरोधको रक्षा जस्ता समस्याको समाधान हुने विज्ञहरु बताउँछन् । यदि तपाई यस्ता समस्या, पेट बढ्ने जस्ता समस्याबाट ग्रसित हुनुहुन्छ भने २० दिनसम्म जीरा पानी नियमित खानुपर्छ ।

के हो जीरा पानी ?

रातभरी भिजाएको जीराको दाना विहान राम्रोसँग भिजाइसकेपछि र राम्रासँग फुल्लिएपछि जीराको दानामा भएको पौष्टिक तत्व बाहिर निस्किन्छ र पानीमा घुल्छ । जसले गर्दा पानीको रंग पहेँलो रङमा बदलिन्छ । जीरा पानी बनाउनको लागि जीरा सीसाको गिलास, स्टेनलेस स्टील वा तामाको कचौराको पनि प्रयोग गर्न सकिन्छ ।

हेर्नुहोस् यसका यी ८ अद्भुत उपाय

१. क्यालोरी घटाउन

एक चियाचम्चा जीरामा क्यालोरीको मात्रा ७ प्रतिशत हुन्छ । यदि तपाईले एक गिलास जीरा पानी पिउनुभयो भने अन्य क्यालोरीयुक्त खाना खान आवश्यक हुँदैन । यद्यपि उक्त क्यालोरी घटाउनको लागि अतिरिक्त काम गर्न आवश्यक भने हुँदैन ।

२. अनावश्यक रेडिकललाई हटाउँछ

अध्ययनका अनुसार , जीराको दाना एन्टिअक्सोडन्टस् हो जसले अक्सिजनमा हुने खतरनाक अनावश्यक रेडिकललाई कम गर्न मद्दत गर्छ । जीराका दाना भिटामिन ‘ए’ र ‘सी’को राम्रो स्रोत हो र यी दुई भिटामिन एन्टीअक्सीडेन्ट पनि हुन् । जसमा मिनरल, तामा र म्याग्नेजजस्ता तत्वहरु पाइन्छन् जसले फ्रि रेडिकललको सफाई गर्ने काम गर्दछ ।

३. अत्याधिक मोटोपनको रोकथाम

जीरामा मोटोपन प्रतिरोधी तत्वहरु हुन्छन् । जसले शरीरमा अनावश्यक मोटोपना आउँन दिदैँन । जीराका दानामा भएको तेलले कोशिका र साइनअलिङ्गको बीचा रहेको क्रसटकलाई अवरुद्ध गरेर सुन्निनबाट बचाउने वैज्ञानिकले बताएका छन् ।

४. मेटाबोलिज्मको मात्रा बढाउँछ

यदि तपाईंको शरीरमा मेटाबोलिज्मको मात्रा कम छ भने विना मोटोपननै शरीरमा मेटाबोलिज्मको मात्रा बढाउँन सकिन्छ । जीरा पानीमा भिटामिन र मिनरल पाइन्छ जसले विविध तरिकाले मेटाबोलिज्मले गर्ने काम गर्छ । साथै जीरा पानीले कोशिकालाई सक्रिय बनाउन र फुल्लिन मद्दत गर्छ । अनुसन्धानकर्ताहरुले पत्ता लगाएअनुसार जीरा पानीले मेटाबोलिज्मको मात्रा बढाउन, अत्याधिक मोटोपनमा हुने बीएमआइ घटाउन मद्दत गर्छ ।

५. पाचन प्रणालीमा सुधार

जीरा पानीले पाचन प्रणाली र पेटमा भएको बावलको सञ्चालनको लागि निकै महत्वपुर्ण भूमिका खेल्छ । पाचन प्रक्रिया स्वस्थ हुनु नै मेटाबोलिज्मको मात्रा बढ्नु हो साथसाथै तौल घट्नु पनि हो । जीरा पानीले निरन्तर पाचन प्रक्रियामा एन्जामाइनलाई प्रभाव पार्ने र ब्लोटिङ घटाउने काम गर्छ ।

६. कोलेस्ट्रोल घटाउँछ

एलडिल अर्थात खराब कोलेस्ट्रोलले तपाईको धमनीको प्वालमा प्लेक बनाएर कार्डियोभास्कुलरमा संक्रमण पैदा गराउन सक्छ । इरानका वैज्ञानिकहरुले मोटोपन भएका महिलामा जीराको प्रभावबारे गरेको अनुसन्धान गरे र शरीर संरचना, लिपिड प्रोफाइलको प्रभावको पनि अध्ययन गरे । ३ महिनापछि लिपिड प्रोफाइलको विश्लेषण गर्दा एलडियल कोलेस्ट्रोल र ट्राइग्लिसराइड्स र उच्च एचडिएल कोलेस्ट्रोल कम पाइयो । जीरा पानीले कम्मरको साइज कम गर्न मद्दत गर्छ ।

७. इन्सुलिनमा संवेदनशीलता बढाउँछ

रगतमा ग्लुकोजको मात्रा बढ्दै गयो भने शरीरले इन्सुलिनको मात्रा नियन्त्रण गर्न सक्दैन र मधुमेह, पीसीओ र बाँझोपनको समस्या निम्तिन सक्छ । त्यसैले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न आवश्यक हुन्छ । अमेरिकी वैज्ञानिकहरुले जीराको तेलले रगतमा इन्सुलिनको मात्रा नियन्त्रण गर्छ भन्ने कुरा पत्ता लगाएका छन् ।

८. निकोटिन फाल्न मद्दत गर्छ

अस्वस्थकर जीवनशैलीका कारण शरीरमा बढिरहेको निकोटिनले शरीर सुन्निने, तनाव बढाउने, कब्जियत गराउने र तौल पनि बढाउँछ । जीरा पानीलको प्रयोगले यस्ता समस्याबाट बच्न सकिन्छ ।

प्रकाशित मिति: Mar 5, 2019

प्रतिक्रिया दिनुहोस्