Logo
२१ बैशाख २०८१, शुक्रबार
(March 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चलचित्र विकास बोर्डको अध्यक्षको लागि छानिएका यी ६ उम्मेदवार

काठमाडौँ :  चलचित्र विकास बोर्डको अध्यक्षका लागि ६ जनाले उम्मेदवारी दिएका छन्। मन्त्रालयले फागुन १७ गतेसम्मको म्याद राखेर उम्मेदवारी दिन ३ गतेको गोरखापत्र दैनिकमा सूचना जारी गरेको थियो। निर्धातिर समयमा ६ जनाको उम्मेदवारी परेको छ।

गएको माघ २३ गते चलचित्र विकास वोर्डको अध्यक्षताबाट निकिता पौडेलले राजिनामा दिएपछि बोर्डको अध्यक्ष रिक्त भएको थियो। निकिताले कार्यकाल सकिनु १० महिना पहिले नै राजीनामा दिएकी हुन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सहसचिव राधिका अर्यालको अध्यक्षतामा २७ गते अन्तवार्ता हुनेछ। दुई वर्षे कार्यकालका लागि यी ६ जनामध्येबाट छनोट हुनेछ।

१। टिकाराम घिमिरे

२। केशव भट्टराई

३। सुचित्रा श्रेष्ठ

४। सोहित मानन्धर

५। भगवती कुमारी मैनाली

६। देशभक्त खनाल

प्रकाशित मिति: Mar 4, 2019

प्रतिक्रिया दिनुहोस्