Logo
१६ बैशाख २०८१, आईतबार
(March 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुरुषमा प्रोस्टेट क्यान्सरको जोखिम कम गर्न चिया अत्यन्तै लाभदायी

चिया नपिउने मानिसहरु सायद कमै भेटिएलान् । फरक मात्र यति हो, कसले कति पिउँछ रु अझ धेरै जसो केटाहरुलाई हेर्ने हो भने, एक हातमा चुरोट त अर्को चियाको चुस्की लगाइरहेका हुन्छन् ।

बुढा पाकाहरु आफ्ना दौतरीसँग चिया पसलमा बसेर घण्टौसम्म गफिरहेका हुन्छन् । तर कोही मानिसहरुले भने अत्याधिक मात्रमा नै चिया पिउने गर्छन् ।

एक अध्ययनका अनुसार कम्तीमा दिनको ४ कप चिया पिउनु स्वास्थ्यका लागि फइदा जनक मानिन्छ । नेदरल्याण्डका वैज्ञानिकहरुले गरेको अध्ययनले दिनको ४ कप चिया पिउने पुरुषमा चौथो तहको प्रोस्टेट क्यान्सरको खतरा ३३ प्रतिशतले कम हुने देखाएको छ । त्यसैगरी, दिनको १ कप चिया पिउने पुरुषमा दोश्रो तहको प्रोस्टेट क्यान्सर विकास हुने सम्भावना २५ प्रतिशतले कम हुने बताएको छ ।

दोश्रो चरणको प्रोस्टेट क्यान्सर भनेको प्रोस्टेट क्यान्सरको त्यो अवस्था हो जहाँ प्रोस्टेट ग्रन्थीमा टयुमर पलाउँछ तर त्यस्ता टयुमर अन्त फैलिएको हुँदैन । जबकी चौथो तहको प्रोस्टेट क्यान्सरका बेला यस्ता टयुमर लिम्फ नोड, हाड तथा कलेजो लगायतमा फैलिएको हुन्छ ।

चियामा पाइने फ्लाभिनोइड्स तत्वले क्यान्सरको उत्पादन गर्ने कोषको वृद्धि रोक्ने काम गर्छ । चियाको सेवनले प्रोस्टेट क्यान्सरको खतरा कम गर्ने निष्कर्ष निकाल्नका लागि वैज्ञानिकहरुले ५८ हजार भन्दा बढि मानिसमा अध्ययन गरेका थिए ।

प्रकाशित मिति: Mar 4, 2019

प्रतिक्रिया दिनुहोस्