Logo
२२ बैशाख २०८१, शनिबार
(March 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामाजिक सञ्जाल बन्द गर्न सरकार तयार नरहेको स्पष्टोक्ती

सरकारले नेपालमा सामाजिक सञ्जालमा कडाई गर्ने उदेश्यले प्रस्ताव गरेसंगै यसको चर्को आलोचना भयो । यही बिषयलाई लिएर यतिबेला सामाजिक सञ्जाल बन्द गर्न लागेको भन्ने समाचारहरु प्रकाशनमा आएपछि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सरकारले नेपालमा सामाजिक सञ्जाल फेसबुक र ट्वीटर बन्द गर्नेबारे कुनै तयारी नरहेको स्पष्ट पारेको छ । आज एक विज्ञप्ति जारी गर्दे सूचना विभागको नाम राखी सामाजिक सञ्जाल बन्द गर्न लागेको भन्दै समाचार प्रकाशन गरेपछि मन्त्रालयले यसबारेमा स्पष्ट पारेको हो ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीले विज्ञप्ति जारी गर्दे सरकारले यसबारेमा कुनै पनि सूचना प्रकाशित नगरेको बताएका छन् । विज्ञप्तिमा भनिएको छ “नेपाल सरकार, सूचना तथा सञ्‍चार मन्त्रालय, सूचना विभागको नाम राखी फेसबुक र ट्वीटर जस्ता सामाजिक संजाल पूर्ण रुपमा बन्द गरिने जस्ता भ्रामक सूचना फेसबुक लगायतका सामाजिक संजाल प्रयोगकर्तावाट पोष्ट गरी भ्रम फैलाउन टिप्पणी समेत गरेको सम्वन्धमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ” ।

“यस मन्त्रालय र अन्तर्गतवाट कुनै पनि सामाजिक संजाल वन्द गर्ने सम्वन्धी सूचना प्रकाशित भएको छैन” । गलत सूचना प्रवाह गरी भ्रम फैलाउनेमाथि कारवाहीको प्रक्रियासमेत सुरु भएको विज्ञप्तिमा उल्लेख छ । साथै त्यस्ता समाचारहरु तत्काल हटाउनसमेत मन्त्रालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति: Mar 3, 2019

प्रतिक्रिया दिनुहोस्