Logo
२२ बैशाख २०८१, शनिबार
(March 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेसबुकले clear history फिचर लञ्च गर्दै

सोसल मिडिया प्लाटफर्म फेसबुकले अन्ततः प्रयोगकर्ताले व्यग्र रुपमा प्रतिक्षा गरिरहेको एउटा प्राइभेसी फिचर लञ्च गर्दैछ ।Clear history नामक उक्त फिचरको सहयोगमा फेसबुक प्रयोगकर्ताले फेसबुकमा एकित्रत गरिएका डाटा डिलिट गर्न सक्नेछन् ।

फेसबुकका प्रमुख वित्तिय अधिकारी डेभिड वेहनेरले बार्सिलोनामा जारी मिडिया एण्ड टेलिकम कन्फ्रेन्सका अवसरमा उक्त जानकारी दिएका हुन् । सन् २०१९ को अन्त सम्ममा उक्त यो फिचर सबै प्रयोगकर्ताका लागि जारी गरिने उनको भनाई छ ।

फेसबुकले उसको विज्ञापन तथा एनालिटिक्स टूल्सको प्रयोग गर्ने साइट तथा एपहरुमार्फत प्रयोगकर्ताका डाटा एकत्रित गर्दछ । अब यो फिचर थप भएसँगै प्रयोगकर्ताले फेसबुकको डाटा स्टोरबाट आफ्नो ब्राउजिङ हिस्ट्री डिलिट गर्न सकिनेछ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले गत मे महिनामा यस्तो खालको फिचर ल्याउने खुलासा गरेको थिए । जुकरबर्गको खुलासा सँगै फेसबुक प्रयोगकर्ताले सो फिचरको प्रतिक्षा गरिरहेका छन् ।

कसरी गर्छ काम ?

यो फिचरको मद्दतले फेसबुक प्रयोगकर्ताले थर्ड पार्टी एप्स तथा वेबसाइको प्रयोग गरी संकलित आफ्ना निजी डाटाहरु डिलिट गर्न सक्नेछन् । क्लिएर हिस्ट्री नामको उक्त नयाँ फिचर कुनै वेब ब्राउजरको अप्सन जस्तै हुनेछ जसमा प्रयोगकर्ताले आफ्नो ब्राउजिङ हिस्ट्री वा कूकीज डिलिट गर्न सक्दछन् । फेसबुकको यो फिचर आएसँगै प्रयोगकर्ताले आफुले फेसबुक मार्फत लगअन गरेको वेबसाइट तथा एप्सका बारेमा पनि थाहा पाउनेछन् र आफ्नो आफ्नो अकाउन्टबाट ती जानकारी पनि हटाउन सक्नेछन् ।

गतवर्ष देखि लगातार प्रयोगकर्ताका निजी डाटाहरुको दुरुपयोग गरिएको विषय लगातार सार्वजनिक हुन थालेसँगै फेसबुक प्रयोगकर्ताको सुरक्षाका बारेमा लगातार दबाबमा रहँदै आएको छ । सोही कारण फेसबुकले प्रयोगकर्ताका लागि आफ्नो गोपनीयतामाथि नियन्त्रण कायम गर्ने विधिहरुमा केन्द्रित रहेको छ ।

प्रकाशित मिति: Mar 1, 2019

प्रतिक्रिया दिनुहोस्