Logo
३ जेष्ठ २०८१, बिहीबार
(March 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कृषि कार्यक्रमका लागि बजेट व्यवस्था गर्न स्थानीय तहलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं : कृषि कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था गर्न अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानीय सरकारलाई आग्रह गरेका छन् । अर्थमन्त्री खतिवडाले सरकारले किसानको माझमा सेवा र सुविधा पु¥याउन कृषिसम्बन्धि सम्पूर्ण कार्यक्रम र त्यसका लागि आवश्यक जनशक्ति र बजेट स्थानीय सरकारलाई नै हस्तान्तरण गरेको पनि स्पष्ट पारे ।

काठमाडौंमा आयोजना गरिएको साना किसान सम्मेलनमा बोल्दै उनले स्थानीय तहले पूर्वाधार, शिक्षा र स्वास्थ्यसँगै कृषि कार्यक्रमलाई पनि सन्तुलित ढंगले अघि बढाउनुपर्ने पनि स्मरण गराए। स्थानीय सरकार र त्यहाँका जनप्रतिनिधिहरुले पूर्वाधारको विकास गर्ने तर उत्पादनमा जोड नदिने हो भने पूर्वाधार विकासबाट पनि प्रतिफल लिन नसक्ने अर्थमन्त्री खतिवडाको भनाइ छ । अर्थमन्त्री खतिवडाले विगतमा किसानहरुको घरदैलोमा सेवा, सुविधा नपुगेपछि सरकारले कृषिसम्बन्धि सबै कार्यक्रम र बजेट स्थानीय सरकारले नै परिचालन गर्ने योजना, नीति तथा कार्यक्रम तय गरेको पनि उल्लेख गरे ।

अर्थमन्त्री खतिवडाले कृषिउपजको उपयोगका लागि सरकारले न्यून पारिश्रमिक भएका कर्मचारीहरुको तलव वृद्धि गरि दिएको पनि बताए । बिहीबारबाट सुरु भएको सम्मेलनमा देशभरका १ हजार साना किसानका प्रतिनिधि र २ सय अन्तराष्ट्रिय कृषि तथा सहकारी क्षेत्रका व्यक्तिहरु गरी जम्मा १२ सय जनाको सहभागिता रहेको छ । सम्मेलनमा एसियाली विकास बैंक (एडीबी), संयुक्त राष्ट्र संघीय पूँजी विकास कोष (यूएनसीडीएफ), कृषि विकास बैंक सह-आयोजकका रुपमा रहेका छन्।

प्रकाशित मिति: Mar 1, 2019

प्रतिक्रिया दिनुहोस्