Logo
३ जेष्ठ २०८१, बिहीबार
(February 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुनःनिर्माण कार्यको लागि मुक्तिनाथ विकास बैंकद्वारा आर्थिक सहयोग

काठमाडौं : मुक्तिनाथ विकास बैंकले महानगरीय प्रहरी प्रभागको भवन पुनःनिर्माण कार्यको लागि ५० हजार आर्थिक सहयोग गरेको छ । बैंकले सँस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत ललितपुर महानगरपालिका वडा नं १० कुपण्डोल हनुमानस्थान स्थित महानगरीय प्रहरी प्रभागको भवन पुनःनिर्माण कार्यको लागि ५० हजार सहयोगस्वरुप चेक प्रदान गरेको जनाएको छ ।

उक्त चेक मुक्तिनाथ विकास बैंक कुपण्डोल शाखाका प्रमुख मधु श्रेष्ठले महानगरीय प्रहरी प्रभाग, कुपण्डोलकी प्रहरी निरीक्षक चेतना पोखरेललाई हस्तान्तरण गरे ।

प्रकाशित मिति: Feb 27, 2019

प्रतिक्रिया दिनुहोस्