Logo
३ जेष्ठ २०८१, बिहीबार
(February 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरी विद्यालयको बस र ट्रक ठोक्किदा घाइते भएकी बालिकाको मृत्यु

रौतहट : नेपाल पुलिस स्कुलको बस दुर्घटना हुँदा घाइते भएकी बालिकाको मृत्यु भएको छ । नेपाल पुलिस स्कुल गरुडाको बा१ग २१७९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना३ख ७४१८ नम्बरको उखु बोकेको ट्रक मंगलबार गरुडा-८ जिंगडियास्थित सिवानीमा ठोक्किदा ११ जना घाइते भएका थिए ।

घाइते मध्ये ४ वर्षीया क्यारोलिना राईको चितवनको भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । क्यारोलिना सोही विद्यालयमा कार्यरत प्रहरी जवान सुवास राईकी छोरी हुन् । घाइते भएका सुलोक राय राउत, आरएन रस्तोगी, युवराज पटेल तथा बस चालक डम्बर बि।क र बसमै रहेका प्रहरी जवान विष्णुमाया स्याङ्तान पनि गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

विद्यार्थीहरु कृतिका रन्जन, सौगात सारु, कोमल रस्तोगी, शिक्षिकाद्वय निरुपा कार्की र ईश्वरी थापा, ट्रकका चालक बारा निजगढका प्रहृलाद थपलिया सामान्य घाइते छन् । दुर्घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए ।

प्रकाशित मिति: Feb 27, 2019

प्रतिक्रिया दिनुहोस्