Logo
१८ बैशाख २०८१, मंगलबार
(February 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्य विमा कार्यक्रमले छोएन कर्णालीलाई, उपचारको लागि घर खेत बेच्न बाध्य

काठमाडौैं : मंगलबार संसदमा कर्णालीका सांसदले स्वास्थ्य विमा कार्यक्रमले कर्णालीलाई प्रभाव पार्न नसकेको बताएका छन् । स्वास्थ्य विमा प्रभावकारी बनाउनेसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद गजेन्द्र महतले स्वास्थ्य विमा कार्यक्रम राम्रो भए पनि कर्णालीलाई यसले नछोएको बताए ।

‘कार्यक्रमहरु राम्रै आउँछ, तर कर्णालीका लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात छ’ उनले भने ‘कार्यक्रम यहाँ आउँछ, कर्णाली पुग्ने बेलासम्म या त फेजआउट हुन्छ या त रुप अर्कै लिइसकेको हुन्छ ।’

कर्णालीमा राम्रो डाक्टर, राम्रो स्वास्थ्य उपकरण र औषधी नभएको भन्दै स्वास्थ्य विमाको कुनै अर्थ नभएको सांसद महतले बताए । ‘मौलिक हकमा शिक्षा, स्वास्थ्य प्रष्ट लेखिएको छ । तर कर्णालीका जनताले मौलिक हक कसरी पायौं भन्ने रु’ उनले प्रश्न गरे ‘अस्पताल छ । अस्पताल भएर के गर्नु उपकरण छैन, डाक्टर छैन, औषधी छैन ।’

डाक्टरको सरुवा र उपकरण खरिदमा भ्रष्टाचार हुने र औषधी खरिदमा कमिसनको चलखेल हुने भएकाले दुर्गम ठाउँमा ती सामग्री नपुग्ने सांसद महतले बताए ।

कर्णालीका मान्छेले अहिले पनि घर खेत बेचेर काठमाडौं आएर उपचार गर्नुपर्ने बाध्यता रहेको उनले गुनासो गरे । ‘हामी कर्णालीका मान्छे वीर अस्पताल, पाटन अस्पताल, टिचिङ अस्पताल पुग्न घरखेत बिक्री गर्नुपर्छ’ उनले भने ‘काठमाडौंका वासिन्दाले ५० रुपैयाँ तिरेपछि पुग्छ, हाम्रो घरखेत बिक्री गर्नुपर्छ ।’

 

प्रकाशित मिति: Feb 26, 2019

प्रतिक्रिया दिनुहोस्