Logo
२८ बैशाख २०८१, शुक्रबार
(February 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चोरीको गाडीमा नक्कली नम्बर प्लेट राखेर चढ्दै प्रदेश २ का राजस्व हाकिम

बारा : प्रदेश २ स्थित राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख राजन बिसीले चोरीको गाडीमा नक्कली नम्बर प्लेट राखेर चढ्दै आएका छन् । यातायात व्यवस्था कार्यालय वीरगन्जको रेकर्डअनुसार बिसीले प्रयोग गरेको ना.२च ९५१० नम्बरमा ‘महिन्द्रा कम्पनीको डबल क्याप पिकअप’ गाडी दर्ता रहेको छ ।

कार्यालयको हाताभित्रै तीनवटा गाडीमा एउटै नम्बर प्लेट प्रयोग गरिएको समाचार तस्बिरसहित प्रकाशित भएपछि दुईवटा गाडी सरकारीकरण गरेर काठमाडौं पठाइएको थियो ।

बाँकी रहेको सुजुकी ब्रान्डको गाडीमा बिसीले ना.२ ख ९५१० नम्बरको नक्कली नम्बर प्लेट राखेर चलाउँदै आएका हुन् ।  राजस्व कार्यालयमा बुझाइएका चोरीका तीनवटा गाडी केही अघिसम्म एउटै नम्बर प्लेट राखेर चलाउने गरिएको थियो । सोमबार बाराको पथलैयामा रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयकी प्रमुख किरण वज्राचार्यको बिदाइ कार्यक्रममा उनी सोही गाडी चढेर पुगेका थिए ।

उनले अहिले चढेको सो गाडी १३ भदौमा पथलैया चेकपोस्टबाट बरामद भएको थियो । चितवन प्रहरीमा कार्यरत प्रहरी नायब निरीक्षक बुद्धि चौधरीले चलाएर वीरगन्जबाट चितवनतर्फ लगिरहेका वेला राजस्व अनुसन्धान कार्यालय पथलैयाको चेकपोस्टले पक्राउ गरी जाँच गर्दा चोरीको गाडी भएको प्रमाणित भएको थियो ।

प्रहरीले पक्राउ गर्दा सो गाडीमा युपी १३ बिबी ७२६० नम्बरको प्लेट लगाइएको थियो । नियमानुसार त्यस्तो गाडी लिलाम गर्नुपर्नेमा कार्यालय प्रमुख बिसीले नक्कली नम्बर प्लेट लगाएर आफैँ चढ्दै आएका हुन् ।

प्रकाशित मिति: Feb 21, 2019

प्रतिक्रिया दिनुहोस्