हिजो कशमिरमा मारिएकाहरुको सम्झनामा काठमाण्डौमा श्रद्धाञ्जली कार्यक्रम (भिडियो)
भारत स्थित जमु कशमिरमा हिजो (बिहिबार) भएको आतंकवादी हमलामा मारिएकाहरुको सम्झनामा काठमाण्डौमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ ।
घटनामा ज्यान गुमाएका सुरक्षा जवानहरूप्रति श्रद्धाञ्जली दिन शुक्रबार मातिघर मण्ड्लामा विशेष कार्यत्रमको आयोजना गरिएको हो । सहभागीहरुले ४२ जना सुरक्षाकर्मी मारिएको हिजोको उक्त घटनाको निन्दा गरेका छन् ।
निकै निकट्तम सांस्कृतिक सम्बन्ध तथा खुल्ला सिमा समेत रहेको भारतमा आतंकवादी हमला हुनु नेपालको लागि पनि उतिकै दुख्द कुरा भएको कार्यक्रममा सहभागीहरुले विचार ब्यक्त गरेका थिए । सहभागीहरुले भारतको दुखःमा नेपाल र नेपालीको सदैव साथ रहने बताएका थिए ।
भिडियो :
अन्य तस्विरहरु :