Logo
२१ बैशाख २०८१, शुक्रबार
(February 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दश वर्षभित्र देशमा राजनीतिक अस्थिरताको अन्त्य, बेरोजगार युवालाई रोजगारको व्यवस्था

सिन्धुपाल्चोक : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दश वर्षभित्र देशमा राजनीतिक अस्थिरताको अन्त्य हुने बताएका छन्। बुधबार सिन्धुपाल्चोकको चौतारा साँगचोकगढी नगरपालिका ४ स्थित कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यामिक विद्यालयको वार्षिक उत्सव तथा भवन उद्घाट सामारोहमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले देशमा अब राजनीतिक अस्थिरताको अन्त्य भएर विकासको दिशामा लागेको बताएका हुन् ।

देशमा विकास गरी स्वदेशमै युवा शक्तिलाई रोजगारीको अवसर प्रदान हुनेसमेत बताए । बेरोजगारीको हकलाई मौलिक हकमा समावेश गरेर सरकारले बेरोजगार युवालाई रोजगार दिने व्यवस्था गर्न लागेको समेत बताए । ‘गरिबको छोराछोरीले आर्थिक अभावले पढ्न नपाउँने अवस्थाको अन्त्य भएको छ’ उनले भने, पढ्न नसकेमा सरकारले नै निःशुल्क शिक्षा प्रदान गर्छ । साथै आर्थिक अभावले कसैले उपचारबाट वञ्चित हुनु नपर्नेसमेत बताए ।

उपचार गर्न नपाएको खण्डमा उजूर गर्दासमेत सरकारले उपचार गर्न सहायोग गर्ने उनले जनाए। दुई तिहाईको बहुमत रहेको सरकारले पछिल्लो समयमा देश विकासको लागि धेरै प्रयासहरू गरेको उनको भनाई छ । छिमेकी दुई ठूला देश चीन र भारतसँगको सहकार्यमा देशमा विकासको आधार तयार गर्न लागेको समेत उनले बताए । पार्टी एकतापछिको एक वर्ष पूरा भइसकेको भए पनि जनतासम्म पुग्न नसकेको अवस्थामा आगामी दुई महिनाभित्र तत्लो तहसम्म जनसंगठन तयार गर्ने बताए ।

विपक्षी दलले सरकारको विरोध गरेकै कारणले सरकारप्रति जनभावनामा नकारात्मक असर पारेको आरोप लगाए । विपक्षी दलले सरकारको विरोधकै लागि विभिन्न खालका अस्त्रको प्रयोग गरेको समेत उनको भनाई छ । देशको शैक्षिक स्थितिको सुधार गर्नको लागि निजी विद्यालयलाई नियन्त्रणमा लिएर व्यावसायिक र प्राविधिक शिक्षामा वृद्धि गर्नुपर्नेमा जोड दिए । कृषि र व्यावसायिक शिक्षा सहजै प्रदान गर्नका लागि सरकारले शैक्षिक परिवर्तनको विशेष योजना तयार गर्न लागेका समेत जनाए ।

सिन्धुपाल्चोकबासीको लागि कृषि उत्पादनमा विशेष जोड दिएर आधुनिक कृषि उतपादन गर्नुपर्नेमा सरकारले पहल गर्ने आश्वासन दिए। भूकम्पपछि बन्द रहेको नेपाल र चीन सरकारबीचको प्रमुख व्यापारिक तातोपानी नाका सञ्चालनमा ल्याउनको लागि आफूले सक्दो पहल गरेको समेत जनाए । तातोपानी नाका देशको अर्थतन्त्रसँग जोडिएको भएकाले सरकारले तातोपानी नाका सञ्चालनमा ल्याउन पहल गरेका बताए । सिन्धुपाल्चोकको शैक्षिक स्थितिमा सुधार ल्याउनको लागि आफ्नो ठाउँबाट सक्दो पहल गरेको सांसद तथा पूर्वमन्त्री अग्निप्रसाद सापकोटाले बताए ।

प्रकाशित मिति: Feb 6, 2019

प्रतिक्रिया दिनुहोस्