Logo
४ जेष्ठ २०८१, शुक्रबार
(February 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि उपसचिवलाई समायोजनपत्र, आइतबार करिब २ हजार जनाले पत्र पाउने

काठमाडौं : सरकारले समायोजनमा जाने उपसचिवलाई आइतबारबाट समायोजनपत्र दिने भएको छ।

संघीय मामिला तथा सामान्य प्रशसन मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले आइतबारदेखि उपसचिवले आफूले रोजेको स्थानीय तह, प्रदेश वा केन्द्रमा जान समायोजनपत्र बुझ्न थाल्ने जानकारी दिए ।

उपसचिवले आफ्नो समायोजनपत्र आफै प्रिन्ट गर्न सक्ने अवस्था मिलाइएको छ। उनका अनुसार आइतबार करिब दुई हजार जनाले अनलाइनबाट आफ्नो समायोजनपत्र प्रिन्ट गर्न सक्छन् ।

प्रकाशित मिति: Feb 3, 2019

प्रतिक्रिया दिनुहोस्