Logo
५ जेष्ठ २०८१, शनिबार
(February 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्यमा क्रमिक सुधार देखिएपछि अस्पतालबाट डिस्चार्ज भए पूर्व युवराज पारस

काठमाडौं : गत माग १४ गतेदेखि नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत रुपमा रहेका पूर्व युवराज पारस शाह शुक्रबार आज अस्पतालबाट डिस्चार्ज भएका छन् । हृदयाघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत शाहको स्वास्थ्यमा क्रमिक सुधार देखिएपछि आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

करिब ३ बजेर १० मिनेट जाँदा उनी अस्पतालबाट डिस्चार्ज भएका हुन् । यसअघि, शाहको उपचारमा संलग्न प्राध्यापक डा.यादवदेव भट्टले पूर्वयुवराज शाह मुटुको मुख्य नसानै पूर्णरुपमा बन्द रहेको अवस्थामा अस्पताल आइपुगेको र २० मिनेटमा सफल उपचार गर्न सकिएको जानकारी दिएका थिए ।

बन्द रहेको मुटुको अवरोध खुलाउन कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण कार्य सफलतापूर्वक सम्पन्न गरिएको उनको भनाई छ । पूर्वयुवराज शाहलाई हृदयघात हुनुको मुख्य कारण वंशाणुगत भएको भट्टले बताए । पूर्वराजा ज्ञानेद्रद्रलाई पनि हृखयघातको समस्या भएको हुँदा पारसलाई पनि बंशाणुगत हृदयघात भएको र कालेस्ट्रोल बढी भएको जनाइएको छ ।

यसअघि पनि २ पटक हृदयघात भइसकेको हुँदा पारसको मुटु एकदमै कमजोर रहेको र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरुले बताएका छन् । पारसको उपचारमा प्रा। डा। यादवदेव भट्टको नेतृत्वमा डा। जेपि अग्रवाल, डा. नग्मा श्रेष्ठ लगायत १४ जना स्वास्थ्यकर्मीको टिम खटाइएको थियो ।

प्रकाशित मिति: Feb 1, 2019

प्रतिक्रिया दिनुहोस्