Logo
१९ बैशाख २०८१, बुधबार
(February 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काँग्रेसद्वारा प्रदेशसभा बैठक पनि अबरुद्ध, डा.केसीका माग पुरा गर्न आह्वान

बुटवल : नेपाली काँग्रेसको अवरोधका कारण प्रदेश ५ को प्रदेशसभा बैठक स्थगितत भएको छ । अनशनरत डा.गोविन्द केसीको माग पुरा गर्नुपर्ने र राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई परिमार्जन गर्नुपर्ने लगायतका माग राख्दै काँग्रेसले विरोध जनाएको हो ।

काँग्रेसको विरोधपछि प्रदेशसभाको बैठक माघ २२ गतेसम्मका लागि स्थगितत गरिएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिए ।

डा.केसीसँग भएको सहमतिलाई सरकारले तत्काल कार्यान्वयन गर्नुपर्ने भन्दै काँग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभामा पनि विरोध जनाउँदै आएको बैठकको सुरु हुनासाथ नेपाली काँग्रेसमा सदस्यहरुले विरोध जनाएका थिए ।

प्रकाशित मिति: Feb 1, 2019

प्रतिक्रिया दिनुहोस्