Logo
२१ बैशाख २०८१, शुक्रबार
(January 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युएई विरुद्धकाे खेलमा नेपाली कप्तान पारस खड्काकाे शानदार शतक

काठमाडौं : नेपाल र युएईका बीचमा भइरहेको तेस्रो एकदिवसीय खेलमा नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले शानदार शतक बनाएका छन् ।

उनी नेपालकाे तर्फबाट अन्तराष्ट्रिय शतक बनाउने पहिलाे खेलाडि समेत बनेका छन् । युएईले नेपाललाई दिएकाे २५५ रनको लक्ष्य पछ्याउने क्रममा पारसले १०० बलकाे सामाना गर्दै १०९ रन बनाएर खेलि रहेका छन् । उनलाई अरिफ सेखले ८ रन बनाएर साथ दिएका छन् ।

नेपालकाे स्काेर अहिले ५ विकेटकाे क्षतिमा २०९ रन पुगेकाे छ । नेपालकाे जितकाे लागि अब ४८ रनकाे आवश्यकता रहेकाे छ ।

प्रकाशित मिति: Jan 28, 2019

प्रतिक्रिया दिनुहोस्