Logo
२२ बैशाख २०८१, शनिबार
(January 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाललाई पाचौं सफलता, करणले लिए विकेट

काठमाडौं : एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालविरुद्ध ब्याटिङ गरेको युएईको पाचौ विकेट पतन भएको छ ।

आईसीसी क्रिकेट एकेडेमीमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईका पाचौं विकेटको रुपमा चुन्दरगपियल रिज्वानले ४५ रन बनाएर आउट भए । उनलाई करण केसीले आउट गराएका थिए । योसँगै करणले दुई विकेट लिएका छन् ।

मोहम्मद उस्मान आउट भएका हुन् । उनले २६ रन बनाएर आउट भए । त्यस्तै, घुलाम शब्बेरले १८ रन बनाए । यसअघि युएईका दुई ओपनर ब्याट्सम्यान शुन्य रनमै आउट भए । पहिलो विकेटको रुपमा अष्फाक अहमद शून्य रनमै आउट भएका थिए ।

नेपालका लागि सोमपाल कामी, कप्तान पारस खड्का र सन्दीप लामिछानेले समान १-१ विकेट लिएका छन् । ४२ ओभरको समाप्तिसम्म युएईले पाँच विकेटको क्षतिमा १५३ रन बनाएको छ ।

प्रकाशित मिति: Jan 28, 2019

प्रतिक्रिया दिनुहोस्