Logo
२२ बैशाख २०८१, शनिबार
(January 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

११४ रनको चुनौती पछ्याउँदै UAE : नेपाललाई दोस्रो सफलता, सोमपालले दिलाए विकेट

काठमाडौं : एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेपालले दिएको ११४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको युएईले दोस्रो विकेट गुमाएको छ । युएईले दोस्रो विकेटको रुपमा चिराग सुरीलाई चार रनमा गुमाएको हो । सोमपाल कामीले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् ।

योसँगै युएईको पाँच ओभरको समाप्तिमा दुई विकेट गुमाएर १३ रन भएको छ । यसअघि युएईका ओपनर अष्फाक अहमद पाँच रनमा आउट भएका थिए । नेपालका लागि करण केसीले १.५ ओभरमा विकेट लिन सफल भएका थिए ।

योसँगै युएईको दुई ओभरको समाप्तिमा एक विकेट गुमाएर पाँच रन भएको छ । यसअघि नेपालले ३३.५ ओभरसमा सबै विकेटको क्षतिमा ११३ रन बनाएको थियो ।

https://youtu.be/KcgOUzD0yEU

प्रकाशित मिति: Jan 25, 2019

प्रतिक्रिया दिनुहोस्