Logo
२१ बैशाख २०८१, शुक्रबार
(January 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशीको माग स्थापित गरेका स्व. नेता गजेन्द्रनारायण सिंहको राजधानी काठमाडौंमा सम्झना

काठमाडौं : सदभावना पार्टी स्थापन गरेर मधेशको माग स्थापित गरेका स्व.नेता गजेन्द्रनारायण सिंहको १७ औ पुण्यतिथी बिहीबार मनाइएको छ ।

गजेन्द्रनारायण सिंह प्रतिष्ठानले राजधानीमा आयोजना गरेको कार्यक्रममा पुर्वराष्ट्रति डा.रामवरण यादव, पर्यटन मन्त्री तथा नेकपा नेता रविन्द्र अधिकारी, काग्रेस नेता प्रदीप गिरी, नागरिक अगुवाहरूको समेत उपस्थित थियो ।

प्रष्ठिानले गान्धी, गजेन्द्र र समातावादी आन्दोलन विषयक गोष्ठीको रुपमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले स्व नेता सिंहको बारेमा चर्चा गरेका थिए ।

उनीहरुले नेपालमा संघीयता सहित मधेशका मुद्धाहरुलाई सिंहले स्थापित गराएको भन्दै पछिल्लो समयमा नेपालमा भएको परिर्वतनहरुको विउ नेता सिहले राजनितीमा रोपेको बताए ।

कार्यक्रममा राजपाका सहअध्यक्ष लक्ष्मणलाल कर्ण र दुई नम्बर प्रदेशका समाजिक विकास मन्त्री नवलकिशोर साहले संघियता आए पनि केन्द्रीय सरकारका कारण पुर्ण रुपमा कामहरु अघि वढन नसकेको भन्दै पुन आन्दोलनमा जोड दिएका थिए ।

कार्यक्रममा काठमाडौमा सक्रिय रहेका मधेशी समुदायका पत्रकारहरुलाई प्रष्ठिानले प्रसंशा पत्र दिएर सम्मामन समेत गरेका थिए ।

प्रकाशित मिति: Jan 24, 2019

प्रतिक्रिया दिनुहोस्