Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वीकृतभन्दा बाहिर गएर कर्मचारी भर्ना नगर्न निर्देशन, नियम विपरित भए कर्मचारीबाटै रकम असुली

काठमाडौं : सरकारले स्वीकृतभन्दा बाहिर गएर कर्मचारी भर्ना नगर्न स्थानीय तहलाई निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सूचना जारी गरेर निर्देशन उल्लंघन गर्ने कर्मचारीबाटै बेरुजु हुने रकम असुली गर्ने चेतावनी दिएको छ ।

स्थानीय तहले करारमा राखेका कर्मचारी केन्द्रबाट समायोजन भएर आउँदा स्वतः सो दरबन्दी खारेज हुने प्रावधान रहे पनि कार्यान्वयनमा नआएपछि मन्त्राललयले सूचना जारी गरेर स्थानीय तहलाई सचेत गराएको हो ।

त्यसरी कर्मचारी भर्ना गर्दा कानुनविपरीत हुने र बेरुजु कायम हुने भएकाले बेरुजु बापतको रकम, रकम भुक्तान गर्ने पदाधिकारीबाटै असुलउपर गर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका उपसचिव झरेन्द्र प्रसाद चापागाईद्वारा जारी सूचनामा मासिक डोर, ज्यालादारी वा स्वीकृत दरबन्दीभन्दा बाहिर गएर अन्य रूपमा कर्मचारी राख्न नमिल्ने यदी त्यसो गरेमा कानुनविपरीत हुने उल्लेख छ ।

प्रकाशित मिति: Jan 23, 2019

प्रतिक्रिया दिनुहोस्