Logo
२० बैशाख २०८१, बिहीबार
(January 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रेस स्वतन्त्रतामाथि बर्तमान सरकारको आक्रमण र हस्तक्षेप : सभापति देउवा

लमजुङ : बर्तमान सरकार प्रेस स्वतन्त्रतामाथिको आक्रमण र हस्तक्षेपमा उत्रिएको आरोप नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लगाएका छन् । सोमबार नेपाल प्रेस युनियन लमजुङको छैटौं अधिवेशनको बेसीशहरमा उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले अहिलेको सरकार प्रजातन्त्रबिरोधी काम गरिरहेको बताए ।

‘कांग्रेस नेतृत्वमा सरकार नहुँदा मुलुकमा हत्या, हिंसा र बलत्कारलगायत घटनाहरु बढ्न थाल्यो’ देउवाले सरकारलाई आरोप लगाए, ‘प्रेस स्वतन्त्रतामा सरकारले अंकुश लगाउँदा जनताले सुरक्षाको अनुभूति गर्न पाएका छैनन्।’

हत्या र बलत्कारीलाई सरकारले संरक्षण दिएको आरोप लगाउँदै देउवाले आफ्नो मन्तव्यपिच्छे सरकारलाई गाली गर्नु पछाडि परेनन् । जनतालाई सुरक्षाको पत्याभूति दिलाउन सरकारको दायित्वबाट वर्तमान सरकार दिनुहुँ चुकिरहेको आरोप कांग्रेस केन्द्रीय सदस्य डा। रामशरण महतले लगाए ।

सरकारले यस्तो कमजोरी नसुधार्ने हो भने हो जनता आन्दोलनमा जानुको विकल्प नभएको कांग्रेस केन्द्रीय सदस्य दिलबहादुर घर्तिले बताए । प्रेस युनियन लमजुङको छैटौं अधिवेशनबाट ऋषि अधिकारीको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरिएको नवनिर्वाचित सचिव निरज अधिकारीले जानकारी दिए।

प्रकाशित मिति: Jan 21, 2019

प्रतिक्रिया दिनुहोस्