Logo
२० बैशाख २०८१, बिहीबार
(January 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्युतीय ऊर्जामा देशलाई आत्मनिर्भर बनाउन खोज्दै सरकार

काठमाडौं : विद्युतीय ऊर्जामा मुलुकलाई आत्मनिर्भर बनाउने कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित चार्टर्ड एकाउन्टेन्टहरूको सम्मेलनमा बोल्दै मन्त्री पुनले चालू आर्थिक वर्ष भित्र माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न हुने र त्यसले मुलुकमा विद्यमान ऊर्जा संकट समाधान गर्ने पनि स्पष्ट पारे ।

पुनले भारतसँग सरकारले गत वर्ष ७ करोड मूल्य बराबरको विद्युत बिक्री गरेको, यस वर्षको हालसम्म १० करोड विद्युत बिक्री गरेको उल्लेख गर्दै त्यो क्रम बढाउँदै लैजाने योजना पनि अघि सारे ।

नेपाल-भारतबीच विद्युत आदानप्रदान सम्बन्धि सम्झौंता नै गरेर सरकारले आफ्नो कामलाई अघि बढाएको मन्त्री पुनको भनाइ छ । मन्त्री पुनले नेपालको समृद्धिमा चार्टर्ड एकाउन्टेन्टहरूको भूमिका महत्वपूर्ण रहेको पनि स्मरण गराए। कार्यक्रममा बोल्दै महालेखा परीक्षक टंकमणि शर्मा दंगालले चार्टर्ड एकाउन्टेन्टहरूलाई व्यवसायिक बन्न आग्रह गरे ।

राष्ट्रको आवश्यक्ता अनुसार लेखा परीक्षणको कामलाई अघि बढाउन चार्टर्ड एकाउन्टेन्टहरु लाग्नुपर्ने पुनको भनाइ छ ।

प्रकाशित मिति: Jan 21, 2019

प्रतिक्रिया दिनुहोस्