Logo
२० बैशाख २०८१, बिहीबार
(January 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसको अवरोधले राष्ट्रियसभा बैठक माघ १४ सम्मका लागि स्थगित

काठमाडौं : संघीय संसद राष्ट्रियसभा बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण स्थगित भएको छ । सोमबार बसेको राष्ट्रियसभाको बैठक माघ १४ गते सोमबारसम्मका लागि स्थगित भएको हो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिपक्षी दलका सांसदहरू आफ्नो आसनबाट उभिएको अवस्थामा संसदको कारवाही अगाडि बढाउन नसकिने भएकाले आजका लागि तयार पारिएको कार्यसूचीमा रहेका विषय हटाएर संसद बैठक आगामी सोमबारसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जिपी कोइराला श्वासप्रश्वास केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई संघीय सरकार मातहत ल्याउन माग गर्दै संसद अवरुद्ध गरेको थियो । राष्ट्रियसभाको दोस्रो बैठकमा पनि अवरोध गरिएकाले अध्यक्ष तिमिल्सिनाले बैठक स्थगित गरेका हुन् ।

प्रकाशित मिति: Jan 21, 2019

प्रतिक्रिया दिनुहोस्