Logo
२१ बैशाख २०८१, शुक्रबार
(January 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभा बैठक : प्रमुख प्रतिपक्षी दलद्वारा बैठक अवरुद्ध

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक बैठक आधा घण्टाका लागि स्थगित भएको छ । कांग्रेसले तनहुँमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र बाँकेमा रहेको पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नाममा स्थापना गरिएका अस्पताल संघीय सरकार मातहत नराखेको भन्दै राष्ट्रियसभा बैठक अवरुद्ध गरेको हो ।

सोमबार ११ बजे सुरु भएको बैठकमा कांग्रेसले माग गरे बमोजिम स्वास्थ्य राज्यमन्त्री डा। सुरेन्द्र यादवले दिएको जवाफ चित्त नबुझेपछि कांग्रेस सांसदहरू उभिएर बैठकको कारबाही अवरुद्ध गरेका हुन् ।

कांग्रेस राष्ट्रियसभा दलका नेता सुरेन्द्र पाण्डेले सरकारको तर्फबाट चित्तबुझ्दो जवाफ नदिएकाले बैठक अवरुद्ध गरेको बताए।

प्रकाशित मिति: Jan 21, 2019

प्रतिक्रिया दिनुहोस्