Logo
२० बैशाख २०८१, बिहीबार
(January 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संवैधानिक परिषद्को बैठक आज, ८ वटा संवैधानिक निकायका प्रमुख र सदस्य नियुक्ती गर्ने

काठमाडौं : संवैधानिक परिषद्को बैठक आइबार दिउँसो ४ बजे बस्ने भएको छ । विभिन्न आठवटा संवैधानिक निकायका प्रमुख र सदस्य नियुक्ती गर्नका लागि संवैधानिक परिषद्को बैठक बस्न लागेको हो ।

यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अनुपस्थितिका कारण बैठक बस्न सकेको थिएन । सरकारले बैठक प्रधामनमन्त्री तथा मन्त्रिपरिषद् कार्यलय सिंहदरवारमा डाकिएको प्रधानमन्त्री एवं संवैधानिक परिषदका अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । ८ वटा नयाँ र केही पुराना संबैधानिक निकायका अध्यक्ष र सदस्य नियुक्ती गर्ने तयारी भएको परिषद स्रोतले जनाएको छ ।

संवैधानिक परिषदले नेपालको संविधानले व्यवस्था गरेका थारु आयोग, मुस्लिम, मधेसी, आदिवासी जनजाती, समावेशी, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त, महिला र दलित आयोगका प्रमुख र सदस्यको नियुक्ती गर्ने तयारी भएको गरिएको परिषद्ले जनाएको छ ।

प्रकाशित मिति: Jan 20, 2019

प्रतिक्रिया दिनुहोस्