Logo
१५ बैशाख २०८१, शनिबार
(January 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साल्ट ट्रेडिङ पोखराबाट ५ महीनामा रु ८ करोडको कारोवार

पोखरा : साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखराले चालु आर्थिक वर्षको ५ महीनामा रु ८ करोडको कारोवार गरेको छ । उक्त कार्यालयले सो अवधिमा खाद्य पदार्थ, खाने तेल, नून र चिनीको बिक्री गरी रु ७ करोड ५९ लाख मूल्य बराबरको कारोवार गरेको सो कार्यालयका प्रमुख सुरेशराज भण्डारीले जानकारी दिए ।

सोमध्ये सबैभन्दा धेरै नूनको कारोवार भएको छ । सो अवधिमा रु ७ करोड ३२ लाख ११ हजार ९६५ मूल्य बराबरको ८९ हजार २८५ बोरा नून बिक्री भएको छ । सो अन्तर्गत रु ६ करोड २१ लाख ८३ हजार २९० मूल्य बराबरको ६७ हजार २२८ बोरा आयोनून र रु १ करोड १० लाख २८ हजार ६७५ मूल्य बराबरको ढिक्के नून बिक्री गरेको छ ।

साल्ट ट्रेडिङ पोखराले डिलरको माध्यमबाट कास्की, तनहुँ, लमजुङ, स्याङ्जा र गोरखा जिल्लामा नून आपूर्ति गर्दछ । उक्त कार्यालयले रु १६ लाख ५६ हजार ३४२ मूल्य बराबरको रासायनिक मल बिक्री गरेको छ । यस्तै रु १ लाख तीन हजार ३१८ मूल्य बराबरको १५० बोरा चोक र र मैदा साथै रु ८१ हजार मूल्य बराबरको पिठो बिक्री भएको छ ।

त्यस्तै, रु ४ लाख ६९ हजार ३०७ मूल्य बराबरको सूर्यमुखी तेल र ४ हजार ४६० मूल्य बराबरको खाने तेल गरिएको हो । उक्त कार्यालयबाट रु ४ लाख ९ हजार २०३ मूल्य बराबरको १३६ बोरा चिनी पनि सो अवधिमा बिक्री भएको थियो ।

प्रकाशित मिति: Jan 9, 2019

प्रतिक्रिया दिनुहोस्